प्रदीपको उपाध्यक्ष कोटामा कसलाई समेट्ने भन्ने विषयमा ओली र पोखरेल समूह छलफलमा « Khabarhub

प्रदीपको उपाध्यक्ष कोटामा कसलाई समेट्ने भन्ने विषयमा ओली र पोखरेल समूह छलफलमा


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहको प्यानलबाट उपाध्यक्ष पद अस्वीकार गरेका प्रदीप ज्ञवालीको स्थानमा कसलाई अघि सार्ने भन्ने विषयमा ओली र ईश्वर पोखरेल समूहबीच छलफल भइरहेको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार उपाध्यक्षमा ११ जनाको उम्मेदवारी परेको छ। तीमध्ये भीम आचार्य, रघुजी पन्त र टंक आचार्यले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन्। पछिल्लो समय टंक आचार्य ईश्वर पोखरेल समूहमा समेटिएका छन् भने रघुजी पन्त र भीम आचार्य अहिलेसम्म ओली समूहको प्यानलमा परेका छैनन्।

यसअघि टंक आचार्यको स्थानमा रघुजी पन्त वा भीम आचार्यलाई अघि सार्ने विषयमा पोखरेल समूहभित्र छलफल भए पनि अब उम्मेदवार परिवर्तन नगर्ने निष्कर्षमा नेताहरू पुगेको बताइन्छ।

नेताहरूका अनुसार ओली समूहले आचार्य र पन्तमध्ये एक जनालाई उपाध्यक्षको उम्मेदवार बनाउने रणनीति लिएको छ। आचार्यको तुलनामा रघुजी पन्त ओलीको रोजाइमा परेको देखिए पनि यसबारे अध्यक्ष ओलीले सार्वजनिक रूपमा केही बताएका छैनन्।

कोशी प्रदेशबाट धेरै पदाधिकारी भइसकेकाले क्षेत्रीय सन्तुलनका आधारमा पन्तलाई अघि सार्नुपर्ने मत बलियो बन्दै गएको नेताहरूको भनाइ छ। पन्तले पनि ओलीसहितका शीर्ष नेताहरूसँग आफूलाई प्यानलमा समावेश गर्ने विषयमा निरन्तर छलफल भइरहेको बताएका छन्।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  २ : १५ बजे

अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’

तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव भेटियो

काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे क्षेत्रमा पार्किङ गरिएको विद्युतीय कारभित्र

माछाका भुरा र खाने माछा बिक्रीबाट मत्स्य विकास केन्द्रको राजस्व बढ्यो

नेपालगञ्ज– बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगञ्जस्थित मत्स्य विकास केन्द्रले माछाका भुरा

जेन-जी आन्दोलनका क्रममा कारागारबाट फरार माझी पक्राउ

जनकपुरधाम– गत भदौमा भएको ‘जेन-जी’ आन्दोलनका क्रममा रौतहटको गौर कारागारबाट

धर्मेन्द्र प्रधानको रजीनामापछि कांग्रेस नेताको टिप्पणी- ‘अ डे लेट एन्ड अ डलर सर्ट’

काठमाडौं- भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा आएलगत्तै प्रमुख प्रतिपक्षी