एमाले महाधिवेशन : मतदानका लागि ८० वटा विद्युतीय मेसिन प्रयोग गरिने « Khabarhub

एमाले महाधिवेशन : मतदानका लागि ८० वटा विद्युतीय मेसिन प्रयोग गरिने


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा विद्युतीय मेसिन प्रयोग गरिने भएको छ। 

विद्युतीय मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मिसिन प्रयोग हुने बताइएको छ । निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसासार मतदान केन्द्रमा १०० वटा जति मेसिन आएपनि ८० वटा मेसिनबाट मात्रै मतदानमा प्रयोग हुनेछन । 

मतदातालाई करिब आधा घण्टाको समय मतदान गर्न लाग्ने भएकाले मतदान आज बेलुकासम्ममा मात्रै सकिने र भोलि बिहानबाट मात्रै मतगणना सुरु हुनसक्ने देखिन्छ। 

नेकपा एमालेको एघारौँ महाधिवेशनमा २ हजार २ सय ६२ जना प्रतिनिधिहरूले मतदान गर्दैछन्। एमालेको ११ महाधिवेशनमा नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बीच प्रतिस्पर्धा हुँदैछ। 

मतदान केन्द्रमा अन्य उम्मेदवारहरू भोट माग्न व्यस्त देखिन्छन् । आज ४ बजेबाट हुने भनिएको मतदान भोटिङ मेसिनमा समस्या देखिएपछि बेलुकाबाट बजै मतदान सुरु हुने सुब्बाको भनाइ छ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ४ : ५० बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष