१५-२० दिनपछि संसद खुल्छ, त्यहीदिन अध्यादेश पेस गर्छौं : प्रधानमन्त्री « Khabarhub

१५-२० दिनपछि संसद खुल्छ, त्यहीदिन अध्यादेश पेस गर्छौं : प्रधानमन्त्री


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सेवा दिन र विकासको गति दिन विभिन्न कानुनमा संशोधनका लागि अध्यादेश ल्याएको बताएका छन् ।  

शुक्रबार काठमाडौंमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी १५ दिनपछि हुने ससद्को अधिवेशनमा पेस गरी दुई महिनाभित्र पारित गर्नेसमेत बताए  ।

उनले मुलुकलाई समृद्धितर्फ अघि बढाउनका लागि आवश्यक कानूनी लगायतका अन्य पूर्वाधारका कामलाई प्राथमिकतामा राखेको धारणा राखे। उनले बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भइरहेको जानकारी दिए ।

स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठुला उद्योगको स्थापना हुने क्रममा रहेकाले उत्पादित ऊर्जाको खपतको चिन्ता लिइरहनु नपर्ने उनले बताए । 

ग्रिन हाइड्रोजन इनर्जी उत्पादन गर्न पनि अनुसन्धान भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ऊर्जा क्षेत्रमा नयाँ नयाँ सम्भावनाको खोजी गर्नुपर्ने जिकिर गरे । 

देशलाई आधुनिकीकरण र विकास गर्दै अँध्यारोबाट उज्यालोमा लाने प्रयासमा लागेका ऊर्जा उत्पादकहरूको  योगदान महत्त्वपूर्ण रहेको उनको भनाइ छ । 

प्रधानमन्त्री ओलीले ऊर्जा क्षेत्रमा सरकारको लगानीका साथै निजी क्षेत्र र वैदेशिक क्षेत्रको लगानीलाई पनि उत्तिकै महत्त्व दिइएको स्पष्ट पारे  । उनले अदालतबाट हुने कुनै फैसलाले चिन्तित हुनु नपर्ने भन्दै त्रुटिपूर्ण देखि कानूनी उपचार खोजिने जिकिर गरे  ।  

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले जलस्रोत क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गरे । मुलुकमा अधिकतम विद्युत् उत्पादन गरी स्वदेशमा खपत गर्ने र बाँकी बिद्युत् बिक्री गर्दै मुलुकलाई समृद्ध बनाउने उनले बताए ।  

त्यस्तै इप्पानका अध्यक्ष गणेश कार्कीले विभिन्न कारणले आयोजना निर्माणमा ढिलाइ भइरहेको भन्दै एकमुस्ट २ वर्ष म्याद थप गर्न माग गरे । उनले विद्युत् विकास विभागले अध्ययनका लागि लाइसेन्स दिएर निजी क्षेत्रले धेरै खर्च गरेर अध्ययन गरेपछि फेरि राष्ट्रिय निकुञ्जबाट अनुमति लिनुपर्ने प्रावधानबाट प्रताडित भएको उल्लेख गरे  । ऊर्जा उत्पादन गरी राष्ट्रको समृद्धिमा योगदान पुर्‍याउने लक्ष्यका साथ अघि बढेको अवस्थामा देखिएका समस्याहरू समाधान गर्न उनले आग्रह गरे । 

अध्यक्ष कार्कीले विद्युत् विधेयकमा संशोधन गर्दै २८ हजार ५०० मेगावाट उत्पादनको लक्ष्य प्राप्त गर्न अब तत्कालै पीपीए खुला गर्नुपर्ने बताए । 

५०० मेगावाट सम्मका आयोजना बनाइरहेको निजी क्षेत्रलाई १०० मेगावाटका आयोजनामा सीमित गर्ने र सरकारले बिना प्रतिस्पर्धा आयोजना बनाउने प्रस्ताव विद्युत् विधेयकमा आएकाले यसका कारण ऊर्जा क्षेत्रमा निजी क्षेत्रलाई ढोका नै बन्द हुने त्रास सिर्जना भएको उनले बताए । 

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  २ : २७ बजे

पूर्णबहादुर खड्का चुनाव नलड्ने, कांग्रेस उम्मेदवारलाई जिताउन देशभर खटिने

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

गाजाका लागि ट्रम्पको ‘शान्ति बोर्ड’ : एक अर्ब डलरमा स्थायी सदस्यता

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा युद्धपछिको प्रक्रिया व्यवस्थापन

निर्वाचन बहिष्कार गरेका ६ कम्युनिस्ट दल सडकमा (तस्बिरहरू)

काठमाडौं – स्वाधीन जनसरकार र जनसंविधानको माग राख्दै आज उपत्यकामा

धादिङ १ मा आशिकालाई रास्वपाको टिकट, कमेडियन हिमेश ‘आउट’

काठमाडौं- सामाजिक अभियन्ता आशिका तामाङलाई राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र

पोर्चुगल राष्ट्रपति चुनाव : कट्टर–दक्षिणपन्थी भेन्टुरा रनअफमा

एजेन्सी – कट्टर–दक्षिणपन्थी लोकप्रियतावादी दलका नेता आन्द्रे भेन्टुराले आइतबार सम्पन्न