पर्सामा वन जोगाउनै मुस्किल « Khabarhub

पर्सामा वन जोगाउनै मुस्किल


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– पर्सा जिल्लामा तीन  साझेदारी वन र त्यसको आसपासको क्षेत्रमा गरेर चार सय ६८ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ ।  

डिभिजन वन कार्यालय पर्साका अनुसार जिल्लामा ठोरी, गादीमाई, विन्ध्वासिनी, सबैया साझेदारी वन क्षेत्र बढी अतिक्रमणमा परेको छ । डिभिजन वन कार्यालय पर्साका डिभिजन वन अधिकृत मञ्जुर अहमदले जिल्लाको ठूलो जनसङ्ख्याको लागि काठको अत्यधिक माग र कमजोर वन प्रशासनको फाइदा लिँदै तस्करबाट वन फँडानीका कारण पनि वन अतिक्रमण गर्ने प्रवृत्ति देखिएको जानकारी दिए ।

‘डिभिजन वन कार्यालयसँग दरबन्दी अनुसारको कर्मचारी पनि छैनन् । जसको कारणले सीमित जनशक्तिको कारणले पनि पर्याप्त मात्रामा अनुगमन र रेखदेख गर्न पनि समस्या भएको छ,’ उनले भने ,’कार्यालयमा एक सय कर्मचारीको दरबन्दी भए पनि अहिले ५३ जना कर्मचारी मात्रै रहेका छौंँ । सीमित स्रोतसाधन र जनशक्तिको बीच काम गरिरहेका छौँ ।’

वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, २०८० को प्रतिवेदन अनुसार पर्सा जिल्लामा सबैभन्दा धेरै वन अतिक्रमण परेको क्षेत्रमा ठोरी ४ बाराहनदीदेखि पश्चिम क्षेत्र पर्दछ । जहाँ दुई सय हेक्टर वन अतिक्रमणमा परेको छ । गादीमाई साझेदारी वन क्षेत्र १६७ दशमलव ६८ हेक्टर अतिक्रमणमा परेको छ । 

सखुवाप्रसौनी साझेदारी वन ३३ दशमलव २ हेक्टर, सबैया साझेदारी वन २२ दशमलव २३ हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको छ । त्यस्तै, विन्ध्वासिनी साझेदारी वन १२ दशमलव ६ हेक्टर अतिक्रमणमा परेको कार्यालयले जनाएको छ । 

डिभिवन वन अधिकृत अहमदले साझेदारी तथा अन्य वन जोगाउन सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए।

‘अहिले त वन जोगाउने काम डिभिजन वन कार्यालयको मात्रै भन्ने भाष्य निर्माण भइरहेको छ,’ उनले भने ,’वन जंगल जोगाउनका लािग सबै हातेमालो गरेर अघि बढ्न जरुरी भइसकेको छ ।’

कार्यालयका अनुसार जिल्लामा सार्वजनिक विद्यालय, मठमन्दिर, प्रहरी, सेनाका ब्यारेक, सडक आदी भौतिक पूर्वाधार निर्माणमा समेत वनक्षेत्रको केही भाग अतिक्रमण गरेर पूर्वाधार लगायतका संरचना पनि निर्माण गरिएको छ । 

कार्यालयसँग पर्याप्त जनशक्ति नहुँदा पनि नियमित रूपमा वन अनुगमन र निरीक्षण गर्न समस्या भइरहेको छ । पर्सामा ११ हजार पाँच सय ७५ हेक्टर वनक्षेत्र छ । पर्सामा चारवटा सामुदायिक वन र तीनवटा साझेदारी वन रहेका छन् । 

यहाँको वनमा साल, खयर, मसला, टिक, सिमल, सिसो, जामुनलगायत प्रजातिका रुख छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  १२ : ३१ बजे

प्रधानमन्त्रीले आफूलाई सच्याए विकल्प खोज्नेतिर जाँदैनौँ : शिवशंकर यादव (अन्तर्वार्ता)

काठमाडौं– गत भदौको जेन-जी आन्दोलनबाट उदाएका नेता शिवशंकर यादव सिराहा

ग्यास संकटबीच सरकारको काम देखेर रामेश प्रसाईंले भने, ‘चुनावताका बोलेका कुरा सम्झिँदा आफैंलाई लाज लाग्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले खाना

बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीनजना पक्राउ

नेपालगन्ज– कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी

गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने

काठमाडौं– नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७

हेटौंडाको सामुदायिक वनभित्र बोरामा भेटियो महिलाको शव

मकवानपुर- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र हालेर