आर्थिक अभावमा कोही बालबालिका क्यान्सरको उपचारबाट वञ्चित हुनुपर्दैन : मन्त्री पौडेल | Khabarhub Khabarhub

आर्थिक अभावमा कोही बालबालिका क्यान्सरको उपचारबाट वञ्चित हुनुपर्दैन : मन्त्री पौडेल


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाल क्यान्सरको निःशुल्क उपचारका लागि सघाउन नेपालले प्राप्त गरेको औषधिका लागि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सहयोगी दाताहरूलाई धन्यवाद दिएका छन् । 

विश्व स्वास्थ्य संगठन र सेन्ट जुड चिल्डे«न्स रिसर्च हस्पिटलको पहलमा स्थापित ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्सअन्तर्गत बालबालिकाको क्यान्सर उपचारमा प्रयोग हुने औषधिको पहिलो खेप प्राप्त गरेको हो । क्रमैसँग थप औषधि उपलब्ध हुने संगठनले जानकारी दिएको छ ।

मन्त्री पौडेलले आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट वञ्चित हुनु नपरोस् भनेर मन्त्रालयले मङ्सिर १ गतेदेखि लागू हुनेगरी बाल क्यान्सरको निःशुल्क उपचार व्यवस्था गरेको स्मरण गर्दै प्राप्त सहयोग बाल क्यान्सरका कारण हुने मृत्युदर नियन्त्रणमा महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे। 

‘देशको प्रमुख स्वास्थ्य समस्या बनिरहेको क्यान्सर नियन्त्रणका लागि हामीले राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति अवलम्बन गरेर उपचारसँगै निरोधात्मक विधि प्रवर्द्धनका लागि काम गरिरहेका छौँ’, मन्त्री पौडेलले सन्देशमा उल्लेख गरिएको छ, ‘कोही पनि बालबालिका आर्थिक अभावमा क्यान्सरको उपचारबाट वञ्चित नहोउन् भनेर हामीले निःशुल्क उपचारको व्यवस्था गरेका छौँ ।’

मन्त्री पौडेलले क्यान्सरको उपचारलाई विस्तार गर्दै सबै प्रदेशमा पुर्‍याउने काम भएको भन्दै यसमा यसमा क्रमैसँग सुधार ल्याउने योजना रहेको उल्लेख गरेका छन् । प्राप्त औषधि भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पतालमा बाल क्यान्सरको उपचारका लागि उपयोग हुने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए। 

‘बाल क्यान्सरको निःशुल्क उपचार गर्ने मन्त्रालयको निर्णयमा यी औषधिले महत्त्वपूर्ण भूमिका खेल्नेछन्’, उनले भने, ‘क्यान्सर नियन्त्रणमा प्रभावकारी काम गर्ने मन्त्रीको निर्णयमा बाल क्यान्सरको निःशुल्क उपचार एक महत्त्वपूर्ण निर्णय हो ।’

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  १२ : ४२ बजे

गोलीकाण्डमा तीन भुटानी शरणार्थीको मृत्यु, पतिले पत्नी र छोराको हत्यापछि आत्महत्या गरेको दाबी

टेक्सास– शनिबार बिहान अमेरिकाको टेक्ससस्थित ड्यालसमा भएको गोलीकाण्डमा नेपालमाबाट पुनर्वासमा

इजरायली आक्रमणमा मारिए सहासी पत्रकार अनस अल-शरीफ, अन्य पाँचको पनि हत्या

गाजा- आइतबार राति गाजा सहरमा इजरायली आक्रमणमा ६ जना पत्रकारको

आज २०८२ साल साउन २६ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन २६ गते सोमबार। भाद्र

झापामा करेन्ट लागेर एक युवकको मृत्यु

बनियानी – झापाको हल्दिबारी गाउँपालिकामा करेन्ट लागेर एक युवाको मृत्यु

बारा ट्राफिक प्रहरीद्वारा दुई करोड राजस्व सङ्कलन

बारा – जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ, बाराले आर्थिक वर्ष