कैलालीमा २ जना मृत भेटिए, घटनाबारे अनुसन्धान हुँदै « Khabarhub

कैलालीमा २ जना मृत भेटिए, घटनाबारे अनुसन्धान हुँदै


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीमा दुई जना मृत अवस्थामा फेला परेका छन् । जानकी गाउँपालिका–५ को नवलपुर र घोडाघोडी नगरपालिका–१ को लक्ष्मीपुरमा सोमबार दुई जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कवीन्द्र सिंह बोहोराका अनुसार घोडाघोडी–१ को लक्ष्मीपुरको बागेश्वरी सामुदायिक वनमा डडेल्धुराको परशुराम नगरपालिका–९ का १८ वर्षीय करन कामी मृत भेटिएको जानकारी दिए ।

उनकाअनुसार कामीको शव दिउँसो ४ बजेतिर घाँटीमा पासो लागेकै अवस्थामा भुँइमा भेटिएको हो । प्रहरीले कामीको पासो चुँडिएर भुँइमा शव खसेको हुनसक्ने आशंका गरेको छ । प्रहरीले अनुसन्धान थालेको सुरु गरेको बताएको छ । 

यस्तै, जानकी गाउँपालिका–१ नवलपुरमा ३० वर्षीय रामबहादुर कठरीया मृत भेटिएको डीएसपी बोहराले बताए । उनी दिउँसो ३ बजे आफ्नै घरमा खटियामा मृत भेटिएका हुन् । घटनास्थल कार्य सकेर प्रहरीले कठरीयाको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखेको छ ।

 दुवै घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ६ : ०६ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको