कैलालीमा २ जना मृत भेटिए, घटनाबारे अनुसन्धान हुँदै « Khabarhub

कैलालीमा २ जना मृत भेटिए, घटनाबारे अनुसन्धान हुँदै


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीमा दुई जना मृत अवस्थामा फेला परेका छन् । जानकी गाउँपालिका–५ को नवलपुर र घोडाघोडी नगरपालिका–१ को लक्ष्मीपुरमा सोमबार दुई जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कवीन्द्र सिंह बोहोराका अनुसार घोडाघोडी–१ को लक्ष्मीपुरको बागेश्वरी सामुदायिक वनमा डडेल्धुराको परशुराम नगरपालिका–९ का १८ वर्षीय करन कामी मृत भेटिएको जानकारी दिए ।

उनकाअनुसार कामीको शव दिउँसो ४ बजेतिर घाँटीमा पासो लागेकै अवस्थामा भुँइमा भेटिएको हो । प्रहरीले कामीको पासो चुँडिएर भुँइमा शव खसेको हुनसक्ने आशंका गरेको छ । प्रहरीले अनुसन्धान थालेको सुरु गरेको बताएको छ । 

यस्तै, जानकी गाउँपालिका–१ नवलपुरमा ३० वर्षीय रामबहादुर कठरीया मृत भेटिएको डीएसपी बोहराले बताए । उनी दिउँसो ३ बजे आफ्नै घरमा खटियामा मृत भेटिएका हुन् । घटनास्थल कार्य सकेर प्रहरीले कठरीयाको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखेको छ ।

 दुवै घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ६ : ०६ बजे

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध