‘चुरे दोहनका कारण मधेशमा विकराल समस्या आउन सक्छ’ « Khabarhub

‘चुरे दोहनका कारण मधेशमा विकराल समस्या आउन सक्छ’


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले चुरे दोहनका कारण मधेश प्रदेशमा विभिन्न खालका समस्या देखिन थालेको भन्दै चुरेको संरक्षणमा तीनै तहका सरकारको ध्यान जानुपर्ने बताएका छन् । 

मधेश प्रदेशमा सञ्चालित जलवायु उत्थानशील समुदाय परियोजना अन्तर्गत आसमान नेपाल र मर्सीकोर नेपालको सहकार्यमा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्रालयले सोमबार जनकपुरधाममा गरेको जलवायु परिवर्तन अनुकूलन र विपद् जोखिम व्यवस्थापनसम्बन्धी बजेट विश्लेषण अध्ययनबाट प्राप्त नतिजा सार्वजनीकीकरण कार्यक्रममा उनले चुरेको संरक्षणमा तीनै तहका सरकारको ध्यान जानुपर्ने  बताए । 

उनले चुरे दोहनका कारण मधेश प्रदेशको आठै जिल्लामा विभिन्न खालका समस्या देखा पर्ने गरेको भन्दै चुरे संरक्षण भएन भने मधेशमा विकराल समस्या आउन सक्ने समेत बताए । 

मन्त्री लेखीले भने, ‘जलवायु परिर्वतनका असरहरु मधेश प्रदेशमा देखिन थालेको छ । १० वर्षअघि एक सय फिटमा पर्याप्त पानी आउँथ्यो, अहिले चार सय फिटमा पनि चपाकलहरुमा पानी आउन समस्या देखिन्छ ।’ 

जलवायु परिवर्तनका असरका कारण अन्नबाली समयमा नफल्ने गरेको उनको कथन रहेको थियो । मन्त्री लेखीले विपद्मा देखिएका समस्या समाधानका लागि संघ सरकार उदार हुनुपर्ने तर्क दिँदै समस्या समाधानका लागि प्रदेशलाई अग्राधिकार दिनुपर्ने बताए । उनले जल तथा मौसम विभागको प्रभावकारिता अझ बढाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ७ : २९ बजे

ट्रक दुर्घटना हुँदा आठ लाख बराबरको स्याउमा क्षति

जुम्ला – जुम्लाबाट स्याउ बोकेर सुर्खेततर्फ जाँदै गरेको मालवाहक ट्रक

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज ६ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज ६ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ६ गते मंगलबार सन् २०२६