इन्जुरी समयमा यमाल र टोरेस चम्किँदा दुई गोलले पछि परेको बार्सिलोनाको कम ब्याक जित « Khabarhub

इन्जुरी समयमा यमाल र टोरेस चम्किँदा दुई गोलले पछि परेको बार्सिलोनाको कम ब्याक जित


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


909
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगाको आइतबार राति भएको खेलमा दुई गोलले पछि परेको बार्सिलोनाले कम ब्याक जित निकालेको छ। महत्त्वपूर्ण खेलमा शानदार कम ब्याक गर्दै बार्सिलोनाले एट्लेटिको म्याड्रिडलाई ४-२ ले हराएको हो। सो खेलमा भ्रमणकारी टोली बार्सिलोनालाई जित दिलाउने क्रममा इन्जुरी समयमा लामिन यमाल र फेरान टोरेसले गोल गरे।

जीतपछि रियल म्याड्रिडलाई पछि पार्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ। एट्लेटिको तेस्रो स्थानमा यथावतै छ। खेलमा २० मिनेट बाँकी रहँदासम्म एट्लेटिको २-० ले अघि थियो।

पहिलो हाफको अन्तिम मिनेटमा जुलियन अल्भारेजले म्याड्रिडलाई अग्रता दिलाएका थिए। ७० औँ मिनेटमा अलेक्जेन्डर सोर्लोथले म्याड्रिडका लागि अर्को गोल गरे।

रोबर्ट लेवान्डोस्कीले ७२ औँ मिनेटमा गोल गरेको सो खेलमा बार्सिलोनाका लागि ७८ औँ मिनेटमा टोरसले बराबरी गोल गरे। बराबरीकै सकिने सम्भावना रहेको खेलमा यमालले बार्सिलोनालाई इन्जुरी समयमा अग्रता दिलाएका थिए। इन्जुरी समयमा नै टोरेसले अर्को गोल गरे।

स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएका अन्य खेलमा एटलेटिक क्लबले सेभियालाई १-० ले र गेटाफेले ओसासुनालाई २-१ ले हराए। रियल बेटिसले लेगानेसलाई ३-२ ले हरायो। रायो भल्कानो र रियल सोसिडाडबिचको खेलमा २-२ गोलको बराबरी भयो।

बार्सिलोना र रियल म्याड्रिड दुवैको ६० अङ्क भए पनि बार्सिलोना पहिलो स्थानमा छ। ५६ अङ्कसहित एट्लेटिको म्याड्रिड तेस्रो स्थानमा छ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ६ : ४४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै