इजरायलको आक्रमण : गाजामा ११५ जना मारिए « Khabarhub

इजरायलको आक्रमण : गाजामा ११५ जना मारिए


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इजरायलले गाजा खाली गराउनका लागि गरेको आक्रमणमा ११५ जनाको ज्यान गएको छ। इजरायलले त्यहाँ राहत वितरणमा अवरोध सिर्जना गरेको ७२ दिन भइसकेको छ। पछिल्लो ७२ दिनमा त्यहाँ समस्या अझ थपिएको छ।

वरिष्ठ राष्ट्र सङ्घीय अधिकारी टम फ्लेटचरले विज्ञप्ति जारी गर्दै तत्काल राहत वितरणका लागि नयाँ बाटो अवलम्बन गर्नुपर्ने बताएका छन्।

उनले एक लाख ६० हजार प्लेट खाद्यान्न गाजामा लैजानका लागि तयार भएको बताए। फ्लेचरले राष्ट्र सङ्घको यो अभियान मानवतामा आधारित र भेदभाव रहित भएको बताउँदै यसमा धेरै अन्तर्राष्ट्रिय निकायको पनि सहयोग रहेको बताए।

मध्यपूर्वबाट फर्कने क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा स्वतन्त्र हुनुपर्ने कुरामा जोड दिए। उनले यात्राको क्रममा त्यहाँको मानवीय अवस्थाका बारे पनि सल्लाह गरेको बताए।

यसअघि नै ट्रम्पले १० लाख मानिसलाई गाजाबाट लिबियामा लैजानका लागि योजना बनाइ रहेको बताए।

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ८ : ३८ बजे

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही– राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित