जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढी जोखिम « Khabarhub

सगरमाथा संवाद

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढी जोखिम


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरोकारवालाहरूले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढी जोखिम रहेको बताएका छन् । शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको आज दोस्रो दिनअन्तर्गत हिमाली क्षेत्रको जोखिम र मूल्यांकन विषयक समानान्तर सत्रमा जलवायु परिवर्तनको असर न्यूनीकरण उपाय अवलम्बन नगरेमा हिमाली क्षेत्रमा बसोबास गर्ने मानिस अझै बढी जोखिममा रहने बताएका हुन् । 

चिनियाँ विज्ञान प्रतिष्ठान चीनका निर्देशक डा. टाओ वाङले विश्वव्यापी रुपमा बढिरहेको तापमानका कारण हिमाली क्षेत्र बढी प्रभावमा परेको बताए।  ज्युरिक विश्वविद्यालय, स्वीट्जरल्याण्डका वरिष्ठ अनुसन्धान सहयोगी डा साइमन एलनले जलवायु परिवर्तनको असरसँग जुध्नका लागि स्थानीयस्तरको क्षमता अभिवृद्धिमा जोड दिए । 

बिजिजी इन्जिनियरिङ इन्क क्यानडाका वरिष्ठ भू–वैज्ञानिक इञ्जिनियर एमिली मार्कले जलवायु परिवर्तनको असरका कारण वातावरणीय प्रणाली र विकासलाई असर पुग्ने बताए। केइयो विश्वविद्यालयका जापानका प्रोफेसर राजीव शाँले विश्वभरका चुनौतीलाई सम्बोधन गर्न स्थानीयस्तरदेखि वैश्विकस्तरसम्मको सहकार्य र विविधताको आवश्यकता जोड दिए । 

भू–विज्ञान अनुसन्धान केन्द्र जर्मनका प्रमुख डा. निल्स होभियसले जलवायु अनुकूलनका लागि प्राकृतिक प्रकोपहरूको पूर्वानुमान प्रणालीहरूको विकास, जलवायु परिवर्तनका प्रभावको अनुगमन र वातावरणीय दिगोपनका उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिए । 

पहाड तथा हिमाली क्षेत्रहरू पृथ्वीका सबैभन्दा गतिशील र नाजुक प्रणालीहरूमध्ये पर्ने र यी क्षेत्रहरू पहिरो, बाढी, हिमताल विस्फोट, हिउँ-पहिरोजस्ता शृङ्खलाबद्ध प्रकोपहरूको जोखिममा झनै संवेदनशील बन्दै गएको उनीहरूको जोड रहेको छ । 

जलवायु परिवर्तनले यस्ता जोखिमलाई थप तीव्र बनाउने, जसले पूर्वाधार हिमाली समुदायको जीवन र जीविकोपार्जन र तल्लो क्षेत्रमा बसोबास गर्ने अर्बौं मानिसलाई जोखिममा पार्नसक्ने भन्दै वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन् । 

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानलको छैटौँ मूल्यांकन प्रतिवेदन ९२०२३० अनुसार, पृथ्वीको तापक्रम २ डिग्री सेल्सियसले वृद्धि भएमा प्रायः सबै पहाडी क्षेत्रमा कम्तीमा पनि मध्यमस्तरको जोखिम आउनेछ भने केही क्षेत्रमा अझ उच्च जोखिम देखिनेछ ।

 भविष्यमा देखिएका यस्ता जोखिम र जलचक्रमा हुने परिवर्तनले दिगो विकासका लागि पहाडी जोखिम मूल्याङ्कन तथा अनुगमन अत्यावश्यक भएको प्रतिवेदनको सुझाव छ । सत्रको सहजीकरण इन्जिनियरिङ अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय प्राध्यापक डा विष्णुप्रसाद पाण्डेले गरेका थिए ।

रासस 

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  १२ : ५२ बजे

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको

वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो

काठमाडौं– वाणिज्य बैंकहरूमा असार महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर

काठमाडौं महानगरले नगर अस्पताल स्थापना गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको

काठमाडौं मनगरको नीति तथा कार्यक्रम सार्वजनिक (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आइतबार १९औँ नगरसभामा आर्थिक