जबजकै कारण एमाले निर्णायक शक्ति बन्यो : महासचिव पोखरेल « Khabarhub

जबजकै कारण एमाले निर्णायक शक्ति बन्यो : महासचिव पोखरेल


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कीर्तिपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले जनताको बहुदलीय जनवादकै जगमा देशको प्रमुख राजनीतिक शक्ति बन्न सफल भएको बताएका छन् ।

मदन आश्रित स्मृति दिवसका अवसरमा आज पार्टीको पूर्वमुख्यालय स्थलमा आयोजित कार्यक्रममा नेता पोखरेलले तत्कालीन महासचिव मदन भण्डारीको नेतृत्वमा विकास भएको जबजकै जगमा पार्टीले २०५१ सालमा संसद्को सबैभन्दा ठूलो दल बनेको उल्लेख गरे। 

‘एमाले त्यसयता निरन्तर राष्ट्रिय राजनीतिको एक निर्णयकारी शक्तिका रुपमा रहनुमा जबजको मुख्य योगदान छ’, उनले भने। 

निरंकुश राजतन्त्र समाप्त गर्न तथा जातीय भड्काउ तथा हिंसात्मक नीतिहरूलाई परास्त गर्न पनि जबजले मद्दत गरेको उनको भनाइ थियो । पार्टीमाथिको प्रतिबन्धलगायत विभिन्न समयमा चुनौतिको सामना गर्दै पार्टी अघि बढिरहेको उनले उल्लेख गरे।

‘विसं २०५४ सालको पार्टी विभाजन, संविधानसभाको चुनावमा निराशाजनक परिणाम र दोस्रो पटक समेत पार्टी विभाजनबाट उठाएर पार्टीलाई अघि बढाउन जबजले मार्गदर्शन गरेको छ’, उनले भने।

मदन भण्डारी र एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रित पार्टीकार्यको शिलशिलामा पोखराबाट चितवनतर्फ जाँदै गर्दा २०५० साल जेठ ३ गते दासढुङ्गामा भएको सवारी दुर्घटनामा परी निधन भएको थियो । 

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  १ : ११ बजे

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको

वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो

काठमाडौं– वाणिज्य बैंकहरूमा असार महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर

काठमाडौं महानगरले नगर अस्पताल स्थापना गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको

काठमाडौं मनगरको नीति तथा कार्यक्रम सार्वजनिक (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आइतबार १९औँ नगरसभामा आर्थिक