जबजकै कारण एमाले निर्णायक शक्ति बन्यो : महासचिव पोखरेल « Khabarhub

जबजकै कारण एमाले निर्णायक शक्ति बन्यो : महासचिव पोखरेल


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कीर्तिपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले जनताको बहुदलीय जनवादकै जगमा देशको प्रमुख राजनीतिक शक्ति बन्न सफल भएको बताएका छन् ।

मदन आश्रित स्मृति दिवसका अवसरमा आज पार्टीको पूर्वमुख्यालय स्थलमा आयोजित कार्यक्रममा नेता पोखरेलले तत्कालीन महासचिव मदन भण्डारीको नेतृत्वमा विकास भएको जबजकै जगमा पार्टीले २०५१ सालमा संसद्को सबैभन्दा ठूलो दल बनेको उल्लेख गरे। 

‘एमाले त्यसयता निरन्तर राष्ट्रिय राजनीतिको एक निर्णयकारी शक्तिका रुपमा रहनुमा जबजको मुख्य योगदान छ’, उनले भने। 

निरंकुश राजतन्त्र समाप्त गर्न तथा जातीय भड्काउ तथा हिंसात्मक नीतिहरूलाई परास्त गर्न पनि जबजले मद्दत गरेको उनको भनाइ थियो । पार्टीमाथिको प्रतिबन्धलगायत विभिन्न समयमा चुनौतिको सामना गर्दै पार्टी अघि बढिरहेको उनले उल्लेख गरे।

‘विसं २०५४ सालको पार्टी विभाजन, संविधानसभाको चुनावमा निराशाजनक परिणाम र दोस्रो पटक समेत पार्टी विभाजनबाट उठाएर पार्टीलाई अघि बढाउन जबजले मार्गदर्शन गरेको छ’, उनले भने।

मदन भण्डारी र एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रित पार्टीकार्यको शिलशिलामा पोखराबाट चितवनतर्फ जाँदै गर्दा २०५० साल जेठ ३ गते दासढुङ्गामा भएको सवारी दुर्घटनामा परी निधन भएको थियो । 

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  १ : ११ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज