डिजिटल चीन निर्माणको कार्ययोजना सार्वजनिक « Khabarhub

डिजिटल चीन निर्माणको कार्ययोजना सार्वजनिक


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चीनले ‘डिजिटल चीन’ निर्माणलाई अघि बढाउन सन् २०२५ का लागि कार्ययोजना सार्वजनिक गरेको छ ।  

योजनामा ‘एआई प्लस’ (कृत्रिम बुद्धिमत्ताको समावेश,) पूर्वाधार सुधार, डेटा उद्योग प्रवर्द्धन र डिजिटल दक्ष जनशक्ति विकास जस्ता प्रमुख पहलहरू समेटिएको राष्ट्रिय डेटा प्रशासनले शुक्रबार जानकारी दिएको छ ।

योजनाअनुसार तथ्यांक स्रोतको बजार अनुकूल व्यवस्थापनलाई प्रवर्द्धन गरिने ,एकीकृत राष्ट्रिय तथ्यांक बजार विकास गरिने, स्थान अनुसार अनुकूल डिजिटल अर्थतन्त्रको प्रवर्द्धन गरिने र डिजिटल चीन निर्माणको समग्र स्तरलाई उल्लेखनीय रूपमा उकासिनेछ ।

सन् २०२५ को अन्त्य सम्म चीनले डिजिटल चीन निर्माणमा महत्वपूर्ण प्रगति गर्ने लक्ष्य राखेको छ । नयाँ प्रविधियुक्त उत्पादन क्षमताको विस्तारसँगै डिजिटल क्षेत्रको गुणस्तर र कार्यक्षमता उल्लेखनीय रूपमा बढाउने योजना छ ।

योजनाले तथ्यांकमा आधारित प्रमुख उद्योगहरूको मूल्यवृद्धि देशको कूल गार्हस्थ उत्पादनको १० प्रतिशतभन्दा बढी पुगोस् भन्ने लक्ष्य राखेको छ । त्यस्तै एकीकृत तथ्यांक बजार निर्माणमा प्रगति गर्ने र गणनात्मक क्षमता ३०० ईएफएलओपीएसभन्दा माथि पुर्‍याउने लक्ष्य पनि रहेको छ ।

कार्ययोजनामा आठ प्रमुख क्षेत्र समेटिएका छन्, जसमा व्यवस्थागत नवप्रवर्तन, स्थानीय पहिचानयुक्त प्रविधिको प्रवर्द्धन र कृत्रिम बुद्धिमत्तामा आधारित प्रयोगहरू प्रमुख छन् ।

उद्योग तथा सूचना प्रविधि मन्त्रालयका अनुसार चालु वर्षको पहिलो त्रैमासमा चीनको डिजिटल उद्योगले करिब आठ खर्ब ५० अर्ब युआन बराबरको आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा नौ दशमलव चार प्रतिशतले बढि  हो ।

यस वर्षको सरकारको प्रतिवेदनमा उत्पादन प्रणालीको डिजिटल रूपान्तरणलाई तीव्रता दिने, उद्योगमा दक्षता र प्रविधिसहितको सेवा प्रदायकको विकास गर्ने र साना तथा मझौला उद्यमहरूको प्रविधिमैत्री विकासमा सहयोग बढाउने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  १ : ३१ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार