प्राधिकरणले सूचनाबिना विद्युत् लाइन छाड्दा करेन्ट लागेर एक मजदुरको मृत्यु | Khabarhub Khabarhub

प्राधिकरणले सूचनाबिना विद्युत् लाइन छाड्दा करेन्ट लागेर एक मजदुरको मृत्यु


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.4k
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– धुलिखेलमा विद्युत्को खम्बामा आज काम गरिरहेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । 

नेपाल विद्युत् प्राधिकरणमार्फत काभ्रेपलाञ्चोक वितरण केन्द्रद्वारा विस्तारित धुलिखेल नगरपालिका–७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत्को खम्बामा काम गरिरहेका सर्लाहीको ईश्वरपुर नपा–१२ घारीबथाका २८ वर्षीय उपेश परियारको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार ११ हजार भोल्टको हाइटेन्सन लाइनको खम्बामा चढेर काम गरिरहेको अवस्थामा बिहान ११ः३० बजे अचानक करेन्ट लाग्दा परियारको घटनास्थलमै मृत्यु भएको हो ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले घटनाको अनुसन्धानका लागि कार्यालयबाट प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरको कमाण्डमा टोली खटाइएको छ।

तार जोड्न खम्बामा चढेका परियारको विद्युत् प्राधिकरणले सूचनाविना नै विद्युत् लाइन छाड्दा करेन्ट लागेर मृत्यु भएको जनाइएको छ । 

विद्युत् प्राधिकरण काभ्रेपलाञ्चोक वितरण केन्द्र बनेपाले शुक्रबार एक सूचना जारी गर्दै शनिबारदेखि त्यस क्षेत्रमा ११ केभी लाइन चार्ज गरिने भएकाले लाइनको वरिपरि गाईवस्तु नछाड्न, विद्युत्को खम्बालगायतका विद्युतीय सामग्री नछुन सार्वजनिक आह्वान गरेको थियो । मृतक परियारको शवलाई खम्बाबाट निकालेर शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  २ : २४ बजे

बीपी राजमार्ग : अवरुद्ध हुन नदिन मर्मत गरिँदै

काभ्रेपलाञ्चोक– बीपी राजमार्गमा आसन्न चाडबाडमा अवरुद्ध हुन नदिन पुनः मर्मत

कर्णाली राजमार्ग अवरुद्ध : स्याउ बाटोमै कुहिने चिन्ता

कर्णाली– कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ बिक्री गर्न समस्या भएको

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध

बागलुङ– पहिरोले राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ

धरानमा बोतलको पानीभित्रै किरा, नियामकले थाल्यो अनुगमन

सुनसरी – पिउने पानी बिक्रीवितरण गर्दै आएको गङ्गाजल ब्रान्डको बोतलबन्द

लेखजंगले डिभोर्सको कागज सार्वजनिक गरेपछि रास्वपाले उम्मेदवारी रद्द नगर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले रास्वपाबाट रुपन्देही क्षेत्र