चट्याङले कटहरका रुखमा दन्किएको आगो ४० घण्टापछि नियन्त्रण (भिडियो) « Khabarhub

चट्याङले कटहरका रुखमा दन्किएको आगो ४० घण्टापछि नियन्त्रण (भिडियो)


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काभ्रेको मण्डनदेउपुर नगरपालिका- १० बाँसटौवामा चट्याङ लागेर कटहरको रूख जलेको भिडियो यति बेला सामाजिक सञ्जालमा भाइरल छ । बिहीबार राति १२ बजे परेको चट्याङका कारण सुकेको कटहरको रूख दनदनी बल्यो । 

पानी परिरहेकै बेला रूख आगोको लप्काले निलेपछि स्थानीले मण्डनदेउपुरका जनप्रतिनिधिलाई खबर गरे । जनप्रतिनिधि मार्फत सशस्त्रको टोलीलाई खबर गरियो । सशस्त्रलाई उक्त खबर शुक्रबार दिउँसो २ बजेपछि मात्रै प्राप्त भयो । चट्याङ लागेर लामो समयदेखि आगो लागेको र जोखिम भएको जानकारी पाएपछि सशस्त्रको टोली आवश्यक सामग्रीसहित टोली घटनास्थलमा पुग्यो । तर फेदबाट टुप्पोसम्म दनदनी बलिरहेको आगो कसरी निभाउने भन्ने अन्योल भयो । 

रूख ढाल्न समय लाग्ने भयो । रूख चढेर आगो निभाउने सम्भावना थिएन । घटनास्थलसम्म दमकल पुर्‍याउने बाटोसमेत थिएन । यता आगोको झिल्का उडेर अन्य मानवीय संरचनामा आगो लाग्ने जोखिम पनि कायमै थियो । सशस्त्र प्रहरीको प्रयासका बावजुत शुक्रवार रुखको आगो नियन्त्रणमा नआएको स्थानीय पत्रकार ज्ञानमणि नेपालले खबरहबलाई जानकारी दिए ।

पत्रकार नेपालका अनुसार शुक्रवार साँझसम्म सशस्त्र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरेको थियो । सशस्त्रले रूख ढाल्न प्रयास गरे पनि औजारको कमीले रूख ढाल्न नसकिएको पत्रकार नेपाल बताउँछन् । शुक्रवार सशस्त्रले जोखिम रहेका रुखका हाँगा झारेर छाडेको थियो । आगो भने निभेको थिएन । त्यसपश्चात् आज शनिवार बिहान हेर्दा आगो पूर्ण रूपमा निभेको पाइएको उनको भनाई छ । 

राती परेको पानीका कारण  ४० घण्टा देखि दन्किएको आगो नियन्त्रणमा आएको छ र लामो समय आगो बलिरहे पनि कुनै मानवीय र अन्य क्षति भने नभएको पत्रकार नेपालले जानकारी दिए ।

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  २ : २८ बजे

पर्सामा एक सय किलो गाँजा बरामद

काठमाडौं- जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल नेपाल

विश्वविद्यालय पढ्ने विद्यार्थीका लागि काठमाडौं महानगरको ‘अर्न ह्वाइल यू लर्न’ कार्यक्रम

काठमाडौं- काठमाडौं महानगरपालिकाले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि ‘अर्न ह्वाइल यू

विश्वकप इतिहासमै कतारले जोड्यो पहिलो अंक

काठमाडौं- फिफा विश्वकप २०२६ को समूह ‘बी’ अन्तर्गत सन फ्रान्सिस्कोस्थित

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको