ड्युटी समयमा मापसे गर्ने मदन भण्डारी अस्पताल उर्लाबारीका दुई कर्मचारी निलम्बित « Khabarhub

ड्युटी समयमा मापसे गर्ने मदन भण्डारी अस्पताल उर्लाबारीका दुई कर्मचारी निलम्बित


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

मोरङ – उर्लाबारी मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत दुई जना कर्मचारी ड्युटी समयमा मादक पदार्थ सेवन गरेको अवस्थामा फेला परेपछि तत्काल निलम्बन गरिएको छ।

गत बिहीबार राति ड्युटीमा उपस्थित हुनु पर्ने ती कर्मचारीहरू अस्पताल परिसरबाहिर मादक पदार्थ सेवन गरिरहेको अवस्थामा स्थानीय युवाहरूले फेला पारेका थिए। उनीहरूले दुवैलाई नियन्त्रणमा लिएर अस्पताल प्रशासनको जिम्मा लगाएका थिए।

नियन्त्रणमा परेकामध्येब एक जना कार्यालय सहयोगी र अर्का जना पारा मेडिक्स रहेको स्रोतले जनाएको छ। मेडिकल सुपरिटेन्डेन्ट डा। रबि शाहका अनुसार दुवै जनालाई तत्काल विभागीय कारबाहीस्वरूप निलम्बन गरिएको हो। ‘घटनाको थप अनुसन्धान भइरहेको छ, व्यवस्थापन समितिको बैठकपछि आवश्यक निर्णय लिइनेछ,’ शाहले जानकारी दिए।

अस्पताल प्रशासनले यस्ता गैरजिम्मेवार गतिविधिप्रति शून्य सहनशीलताको नीति लिएको स्पष्ट पार्दै सेवा प्रवाहमा कुनै सम्झौता नहुने जनाएको छ।

हाल निलम्बनमा परेका कर्मचारीहरूको नाम गोप्य राखिएको छ।

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ३ : १० बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार