जलवायु अनुकूलनका लागि डिजिटल सारक्षरतामा जोड « Khabarhub

सगरमाथा संवाद

जलवायु अनुकूलनका लागि डिजिटल सारक्षरतामा जोड


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरोकारवालाहरूले जलवायु अनुकुलनका लागि डिजिटल सारक्षरतामा जोड दिएका छन् । 

शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको आज दोस्रो दिनको पर्वतीय क्षेत्रमा अनुकुलनका लागि विज्ञान र प्रविधिको संयोजन विषयक समानान्तर सत्रमा वक्ताहरूले जलवायु परिवर्तनको असर न्यूनीकरण उपाय अवलम्बनका लागि प्रविधिको विकासका साथै डिजिटल साक्षरतामा जोड दिएका हुन् । 

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल आइपिसिसीका महासचिव अब्दालाह मोक्स्सितले जलवायु परिवर्तनको मुख्य प्रभाव हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसहरूमा परेको र समयमा अनुकुलनका उपायहरू अवलम्बन गर्न नसकेमा अझै बढी जोखिम बढ्ने बताए। 

‘जलवायु प्रविधिको विकास र प्रभावकारी उपयोग हुन सकेमा जलवायुजन्य विपद्बाट धनजनको क्षति कम हुन्छ,’ उनले भने। 

द एनर्जी एन्ड रिसोर्सेस इन्स्टिच्युट भारतको महानिर्देशक विभा धवनले पछिल्लो समय कृषिमा प्रयोग हुने रासायनिक मलका कारण हरितगृह ग्यास उत्सर्जन बढाउनुका साथै पानीको स्रोत समेत प्रदूषण गराइरहेको भन्दै जैविक मल प्रयोगमा जोड दिनुपर्ने बताए । 

जलवायुविद् डा माधव कार्कीले स्थानीय तथा आदिबासी जनजातिको परम्परागत ज्ञानलाई पनि सम्बोधन गर्दै जलवायु अनुकुलका कार्यक्रम लागू गर्नुपर्नेमा जोड दिए । 

‘उच्च हिमाली क्षेत्रदेखि तटीय क्षेत्रसम्मका स्थानीय डिजिटल प्रविधिले जलवायु परिवर्तनका जोखिमलाई अझ राम्रोसँग विश्लेषण गर्ने, अनुकूलन रणनीतिहरू तयार गर्ने र तिनको कार्यान्वयनमा सहयोग पुर्‍याउने महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् । विशेषगरी पहाडी र दुर्गम क्षेत्रहरूमा डिजिटल साक्षरता अभावले अनुकुलनका उपायहरूमा बाधा पुर्‍याइरहेको छ’, उनले भने, ‘जलवायु–संवेदनशील क्षेत्रमा जोखिम व्यवस्थापनका लागि डिजिटल शिक्षा, स्मार्ट उपकरणको प्रयोग र इन्टरनेट पहुँचलाई प्राथमिकतामा राख्नुपर्छ । ‘

ग्रोनिङ्गेन विश्वविद्यालय, नेदरल्याण्ड्सका विज्ञान, प्रविधि र समाज विषयका प्राध्यापक प्रा.डा क्लाउस हुबासेकले प्रविधिको विकास, स्थानीय समुदायसँग समन्वय र सहभागितामा आधारित डिजिटल समस्याको समाधान गर्न सकिएमा जलवायु अनुकुलन प्रभावकारी हुने बताए। 

संयुक्त राष्ट्र विश्वविद्यालय, वातावरण तथा मानव सुरक्षा संस्था जर्मनीका डा स्टेफान श्नाइडरबाउअरले जलवायु परिवर्तनको समस्या भोगिरहेका समुदायलाई अध्यानअनुसन्धानबाट निस्किएको निष्कर्ष र तथ्याङ्कलाई निःशुल्क वितरणको व्यवस्था हुनुपर्ने र जलवायु न्यूनीकरका लागि क्षमता अभिवृद्धि तथा प्राविधि हस्तान्तरण गर्नुपर्नेमा जोड दिए । पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनको असर बढि परेको भन्दै त्यस क्षेत्रमा डिजिटल साक्षरता बढाउनुपर्ने उनको भनाइ छ । 

उच्च हिमाली क्षेत्रदेखि तटीय क्षेत्रसम्मका स्थानीय समुदायमा जलवायु परिवर्तनका प्रभाव अझ बढी परेको तापक्रम वृद्धिदेखि अनियमित वर्षा, हिमनदी पग्लिनु, हावाको प्रदूषण, वातावरणीय क्षति र जैविक विविधताको क्षयजस्ता समस्याले उनीहरुको जीवनयापन, खाद्य सुरक्षा र सांस्कृतिक सम्पत्तिलाई खतरामा पारिरहेको भन्दै वक्ताहरूले चिन्ता व्याक्त गरेका छन् । सत्रको सहजकर्ताको भूमिका, इन्जिनियरिङ र प्रविधि स्कूल, एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीका डीन संगम श्रेष्ठले निर्वाह गरे। 

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ५ : १५ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार