ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु | Khabarhub Khabarhub

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९ राडरस्थित सडकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आज दिउँसो बा६०प १७९५ नंको मोटरसाइकललाई बाप्र-०३-००१ ख १२४७ नंको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक गोरखा घर भएका ३४ वर्षीय सुरज खड्काको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, प्रहरीले दिएको जानकारी अनुसार काठमाडौँ महानगरपालिका-८ पशुपति मन्दिर पोडेपाटी नजिक रहेको गोपाल न्यौपानेको गाई–बाच्छा मठमन्दिर बचाउ तथा समाज विकास अभियानको टहरामा विद्युत् चुहावट भई आगलागी हुँदा गएराति करिब रु ४० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका–८ नरकटे उखुटोलस्थित काठमाडौँ महानगरपालिका–२६ ठमेल बस्ने चरण चौधरीको नर्भिक इन्स्टिच्युट अफ टेक्नोलोजी नेपाली प्राइभेट लिमिटेड कम्पनीको गोदाममा समेत विद्युत् चुहावट भई आगलागी प्रहरीले जनाएको छ ।

आगलागी हुँदा १२ वटा एलिग्रेटर ड्राफ्ट मेसिन जलेर करिब ७७ लाख बराबरको धनमाल नष्ट भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ७ : ०६ बजे

कृष्ण भुसालको निर्देशनमा महाकाव्यकार दाहालको ‘लालीगुराँसको साटो’ सार्वजनिक

काठमाडौं – ‘लालीगुराँसको साटो रक्तरञ्जित भो वन, द्यौराली अनि पाखामा

कारागारबाट भागेकामध्ये एकैदिन ६२८ कैदीबन्दी फर्किए

काठमाडौं – गत भदौ २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा भागेका

तत्कालीन प्रधानमन्त्री ओलीसहित तीन नेतालाई राजनीतिमा बन्देज लगाउन रास्वपाको माग

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनमा दमन गर्ने

गृह मन्त्रालय तानिए काठमाडौंका सीडीओ रिजाल

काठमाडौं – जेनजी आन्दोलनपछि चर्को आलोचनामा परेका काठमाडौंका प्रमुख जिल्ला

गुल्मीमा चट्याङ लागेर तीन जना घाइते

गुल्मी – गुल्मीमा चट्याङ लागेर तीन जना घाइते भएका छन्