‘फुटबल खेलले नेपाली समाजमा एकताको सन्देश फैलाइरहेको छ’ « Khabarhub

‘फुटबल खेलले नेपाली समाजमा एकताको सन्देश फैलाइरहेको छ’


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

धरान– नेपाल कांग्रेसका नेता एवं युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले फुटबल खेलले नेपाली समाजमा आशा, उत्साह र एकताको सन्देश फैलाउँदै राष्ट्रिय विकासमा उल्लेखनीय योगदान पुर्‍याइरहेको बताएका छन् ।

आज यहाँ पार्टी कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले धरान फुटबलको सहरका रूपमा पनि परिचित रहेको भन्दै हाल यहाँ विभिन्न तहका फुटबल प्रतियोगिताहरू सञ्चालन भइरहेकामा खुसी व्यक्त गरे।  

यहाँको सक्रियता र फुटबलप्रतिको जनस्तरको आकर्षणलाई मध्यनजर गर्दै सरकारले धरानमा सञ्चालन भइरहेको फुटबल एकेडेमी तथा आगामी लिगहरूमा थप बजेट वृद्धि गर्ने उनले प्रतिबद्धता व्यक्त गरे। 

मन्त्री चौधरीले एकेडेमीको पूर्वाधार, तालिम तथा प्रतियोगिता सञ्चालनका लागि मात्र बजेट नभएर प्राविधिक सहयोग र आवश्यक स्रोतसाधनको व्यवस्थापनमा पनि मन्त्रालय प्रतिबद्ध रहेको बताए। उनले सङ्घीय सरकारअन्तर्गत रहेका १० वटा रङ्गशाला प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको पनि जानकारी दिए ।

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ७ : १३ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार