कृष्णपुरमा निःशुल्क शव बाहन सेवा सञ्चालन « Khabarhub

कृष्णपुरमा निःशुल्क शव बाहन सेवा सञ्चालन


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले निःशुल्क शव वाहन सेवा सञ्चालनमा ल्याएको छ । नगरवासीलाई आर्थिक तथा व्यवस्थापकीय सहजता पुर्याउने उद्देश्यले शव वाहन सेवा सञ्चालनमा ल्याएको  नगर प्रमुख हेमराज ओझाले बताए ।  

नगरवासीलाई पहिलो प्राथमिकतामा राखेर सेवा सञ्चालन गरिएको जानकारी दिनु हुँदै नगर प्रमुख ओझाले छिमेकी पालिकाका बासिन्दालाई पनि सो सेवा निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाइएको बताए ।  

‘शव बाहन अभावमा नागरिकले निजी गाडीमा शव लैजानुपर्ने बाध्यता हटाउने उद्देश्यले यो सेवा सुरु गरिएका छौं’ उनले भने, ‘नगरको सामाजिक उत्तरदायित्वअनुसार जनताको दुःखमा साथ दिने हाम्रो प्रयास हो ।’

निःशुल्क शव वाहन सेवाको सञ्चालनसँगै नागरिकले नगर कार्यालय सँगै सम्बन्धित वडाबाट सहज रूपमा सेवा लिन सक्ने व्यवस्था मिलाइएको छ ।  चालकसँग सम्पर्क गरेर पनि सेवा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको नगरपालिकाको वडा नं २ का वडा सदस्य अर्जुन बहादुर साउदले बताए । उनका अनुसार नगरपालिकाले यसअघि  एम्बुलेन्स सेवा, स्वास्थ्य शिविर, विपन्न लक्षित कार्यक्रम जस्ता सामाजिक पहलहरू सञ्चालन गर्दै आएको छ ।  शववाहन सेवा थपिएसँगै नगरपालिकाले नागरिकमैत्री सेवा विस्तारमा नयाँ उदाहरण प्रस्तुत गरेको उनको भनाइ रहेको छ । 

स्थानीय समाजसेवी, जनप्रतिनिधि र सर्वसाधारणले नगरपालिकाको यो कदमलाई स्वागत गर्दै दुःखद घडीमा राहतको महसुस हुने प्रतिक्रिया दिएका छन । शव बाहन नगरपालिकाको आन्तरिक आय रु २६ लाखमा खरिद गरिएको बताइएको छ । 

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  १२ : २४ बजे

लखनउमाथि मुम्बईको रोमाञ्चक जित : २२९ रनको लक्ष्य १८.४ ओभरमै पूरा

काठमाडौँ – मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ४७औँ

विश्वकप लिग-२ : आज ओमानसँग भिड्दै नेपाल, घरेलु मैदानमा बदला लिने अवसर

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको

बिपी राजमार्गमा आवागमन बन्द

काभ्रेपलाञ्चोक – वर्षाका कारण बिपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८३ साल वैशाख २२ गते मंगलबार। जेठ

आज २०८३ साल वैशाख २२ गते मंगलबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख २२ गते मंगलबार। जेठ