गहुँ र धानको बीउ उत्पादन गर्ने किसानलाई प्रोत्साहन « Khabarhub

गहुँ र धानको बीउ उत्पादन गर्ने किसानलाई प्रोत्साहन


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लाका एक हजार २५३  किसानले बीउ उत्पादन गरेबापत प्रोत्साहन रकम प्राप्त गरेका छन् । कृषि विकास कार्यालय चितवनले जिल्लाका ९ कृषक फर्ममा आबद्ध ती किसानहरूलाई बीउ उत्पादन गरेबापत रु १ करोड ४७ लाख ८० हजार ३५० बितरण गरेको हो ।
 
कार्यालयका कृषि अधिकृत उमराज अर्यालका अनुसार किसानहरूले १ हजार १ सय देखि १ लाख ४३ हजार सम्म प्रोत्साहन रकम पाएका छन् । उनीहरूलाई उत्पादन र क्षेत्रफलका आधारमा प्रोत्साहन रकम बितरण गरिएको हो । 

उनले भने ‘स्रोत बीउमा प्रति हेक्टर २० हजार र उन्नत बीउमा प्रति हेक्टर १५ हजारका दरले प्रोत्साहन रकम बितरण गरिएको हो ।’ गहुँ र धानको उत्पादनमा किसानहरूले प्रोत्साहन रकम पाएका हुन ।

कतिपय किसानहरूको भने जग्गा धनी पूर्जा तथा कागजात नमिलेका कारण प्रोत्साहन रकम पाउनबाट वञ्चित भएको उनले बताए। उनका अनुसार ९६१ दशमलब ८३ हेक्टर क्षेत्रफलमा बीउ उत्पादन गर्ने ती किसानले प्रोत्साहन रकम प्राप्त गरेका हुन ।

कृषि विकास कार्यालय चितवनले ‘बीउ बिजन आत्मनिर्भर कार्यक्रम’ अन्तर्गत भरतपुर महानगरपालिका र माडी नगरपालिकाका बीउ उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम बितरण  गरिएको हो । कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलले असारको अन्त्यमा प्रदान गरिएको रकम किसानका लागि खेतीयोग्य समयमा राहत बन्ने बताए । 

आगामी दिनमा थप किसान लक्षित कार्यक्रम सञ्चालन गरिने उनको भनाई छ । किसानहरूलाई जग्गासम्बन्धी कागजात व्यवस्थित गर्न समेत उनले आग्रह गरे ।
 

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  १२ : २८ बजे

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक

सहकारीका ऋणीलाई ११ करोड असुली

काठमाडौं– सरकारले विभिन्न सहकारी संस्थाको कर्जा असुलीलाई तीव्रता दिएको छ।

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख