गत वर्ष ५७ अर्ब वैदेशिक अनुदान र सवा दुई खर्ब ऋणको प्रतिबद्धता « Khabarhub

गत वर्ष ५७ अर्ब वैदेशिक अनुदान र सवा दुई खर्ब ऋणको प्रतिबद्धता


१ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत आर्थिक वर्ष (आव) ०८१-८२ मा नेपाललले झण्डै पौने तीन खर्ब वैदेशिक ऋण तथा अनुदान सहायताको प्रतिबद्धता प्राप्त गरेको छ । अर्थ मन्त्रालयका अनुसार गत आवमा नेपालले ५७ अर्ब ५० करोड ३१ लाख ५० हजार वैदेशिक अनुदान र दुई खर्ब १५ अर्ब ५४ करोड ३२ लाख २० हजार रुपैयाँ बराबरको वैदेशिक ऋण सहायताको प्रतिबद्धता प्राप्त गरेको हो ।

मन्त्रालयका अनुसार प्राप्त भएको कुल सहायतामध्ये द्विपक्षीय सहायता प्रतिबद्धताको रकम ४३ अर्ब ५१ करोड १७ लाख ८० हजार रुपैयाँ बराबरको रहेको छ भने दुई खर्ब २९ अर्ब  ५३ करोड ४५ लाख ९० हजार रुपैयाँ बहुपक्षीय सहायता प्रतिबद्धता अन्तर्गतको रहेको छ ।

मन्त्रालयका अनुसार नेपालले गत आर्थिक वर्षमा विभिन्न ३३ वटा परियोजना तथा कार्यक्रमको लागि ती वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको हो । जसमा भौतिक पूर्वाधार, यातायात, वातावरण तथा जलवायु परिवर्तन, सुशासन, सामाजिक, पोषण, वन तथा वातावरण, पहिरो, पानी, उर्जा, विपत्ति, शिक्षा लगायतका क्षेत्रमा काम गर्नेगरी ती सहायता प्रतिबद्धता प्राप्त भएका छन् ।

महालेखा नियन्त्रकको कार्यालका अनुसार भने गत आर्थिक वर्षको असार मसान्तसम्म अर्थात् एक वर्षको अवधिमा नेपालले वैदेशिक अनुदान वापत २३ अर्ब ५२ करोड ८७ लाख रुपैयाँ प्राप्त गरेको छ । जुन रकम गत आर्थिक वर्षको सुरुवाती बजेट लक्ष्यको जम्मा ४४.९७ प्रतिशत मात्रै हो ।

गत आर्थिक वर्षको बजेटमा नेपालले ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य राखेको थियो ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  ३ : ४३ बजे

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य