गृहमन्त्री लेखक र सचिव दुवाडीले गरे कार्यसम्पादन सम्झौता « Khabarhub

गृहमन्त्री लेखक र सचिव दुवाडीले गरे कार्यसम्पादन सम्झौता


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले राष्ट्रको हित र आम नागरिकलाई थप सुविधा हुने गरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । 

आइतबार गृह मन्त्रालयमा आर्थिक वर्ष २०८२/०८३ को लागि मन्त्रालयका गृह सचिव एवं संगठन प्रमुख, महाशाखा र विभागीय प्रमुख गोकर्णमणी दुवाडीसँग कार्यसम्पादन सम्झौता गर्दै गृहमन्त्री लेखकले लागूऔषध, सडक दुर्घटना, आत्महत्या र साइबरक्राइम नियन्त्रणमा पहिलो वर्ष काम भए पनि परिणाम आउन समय लाग्ने बताए ।

‘लागूऔषध, सडक दुर्घटना, साइबरक्राइम, आत्महत्या गरी चार वटै विषय अहिलेका नयाँ चुनौती हुन्, विशेष रुपमा काम भएको छ परिणाम आउन थोरै समय लाग्ला’, उनले भने, ‘यो वर्ष परिणाम दिनेगरी काम गर्नुपर्छ ।’

त्यसै गरी पश्चिम नेपाल भूकम्पको विस्तृत क्षति आँकलन भइरहेको भन्दै चालु आर्थिक वर्षभित्र पुनर्निर्माण सक्ने गरी काम गर्न निर्देशन समेत दिए ।

उनले गत आर्थिक वर्षमा तोकिएको माइलस्टोनमा गृह मन्त्रालयले ८८ प्रतिशत प्रगति गरेकोप्रति बधाई एवं धन्यवाद ज्ञापन गरे ।

‘अहिलेको आवश्यकता अनुसार थप नयाँ कुरा के गर्न सकिन्छ, नीति, योजना तयार गरेर अघि बढ्नुस्’, गृहमन्त्री लेखकले भने, ‘सीमित स्रोत साधन, जनशक्ति र बजेटको सिमाभित्र बसेर काम गर्नुपर्छ ।’ 

कार्य सम्पादन सामूहिक काम भएको बताउँदै उनले जस/अपजस सामूहिक रूपले लिनुपर्नेमा जोड दिए । त्यसै गरी मन्त्रालयको नेतृत्वमा आउँदै गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्बन्धी विधेयक अघि बढाएको बताउँदै प्रतिनिधि सभामा केही जटिलताका कारण रोकिएको बताए । 

‘पाइपलाइनमा रहेका कानुन विधेयक यो महिनाभित्र प्रतिनिधि सभामा दर्ता गर्ने गरी काम अगाडि बढाउनुस्’, उनले भने, ‘मन्त्रालयको नीतिगत र कानुनी सुधार हाम्रो प्राथमिकताको विषय हो, सोही अनुसार काम अघि बढेको छ ।’

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ३ : १३ बजे

रसुवामा पुनः बाढी आएपछि नारायणगढ-मुग्लिन, पोखरा र काठमाडौँ सडक पूर्ण बन्द

काठमाडौँ – रसुवा क्षेत्रमा पुनः बाढी तथा पहिरो आएपछि चितवन

भोटेकोशीमा फेरि बाढी : रसुवा, नुवाकोट र धादिङमा सतर्कता अपनाउन अपिल

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा फेरि बाढीको बहाव एक्कासि बढेको

आज २०८३ साल भदौ १४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १४ गते आइतबार सन् २०२६

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि