निगमको जहाजमा विद्युत् प्राधिकरणका कर्मचारी र उद्योगी व्यवसायीले लिन्छन् छुट  « Khabarhub

निगमको जहाजमा विद्युत् प्राधिकरणका कर्मचारी र उद्योगी व्यवसायीले लिन्छन् छुट 


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल वायुसेवा निगमको जहाजमा विद्युत् प्राधिकरणका कर्मचारी र निजी क्षेत्रका उद्योगी व्यवसायीले छुट लिएर उडान गर्ने गरेका छन् । 

निरन्तर घाटामा सञ्चालन भइरहेको निगमले प्राधिकरणका कर्मचारी र निजी क्षेत्रका उद्योगी व्यवसायीलाई १५ प्रतिशतसम्म छुट दिएर अन्तर्राष्ट्रिय उडान गरेको गराउने गरेको हो ।

निगमद्वारा खबरहबलाई प्राप्त प्रतिवेदनअनुसार निगमले नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता नै गरेर प्राधिकरणमा कार्यरत कर्मचारीदेखि तिनको परिवारका सदस्यसम्मलाई अन्तर्राष्ट्रिय टिकटमा १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको हो ।

‘विद्युत् प्राधिकरणका कर्मचारी तथा निजको परिवार सदस्यहरूलाई निगमले अन्तर्राष्ट्रिय उडानमा १५ प्रतिशत छुट दिने तथा कार्गो रेटमा कार्गोको प्रकृति र भोलुमको आधारमा ५ देखि १० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ’, प्राप्त प्रतिवेदनमा भनिएको छ ।

०७८ पुस १९ गते निगम र प्राधिकरणबीच दुई पक्षीय सम्झौता गरेर सो छुटको व्यवस्था लागू हुँदै आएको निगमले जनाएको छ । 

प्राधिकरणका कर्मचारी तथा विदेश यात्रा गर्दा तथा प्राधिकरणको कार्गो सामान ओसारपसार गर्दा निगमकै विमान प्रयोग गर्ने गरी सो सम्झौता भएको निगमले जनाएको छ ।

निजी क्षेत्रका उद्योगीलाई प्रवर्धन गर्नुपर्ने भन्दै १५ प्रतिशत छुट

निगमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रममा निगमको प्रवर्धन गर्नुपर्ने भन्दै निजी क्षेत्रका उद्योगीहरूको चार वटा छाता संगठनका पदाधिकारी, सदस्य, कर्मचारी र तिनका परिवारका सदस्यलाई अन्तर्राष्ट्रिय उडानको टिकटमा १५ छुट दिने गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स र राष्ट्रिय व्यावसायिक पहल सहित चार वटा छाता संगठनसँग ०८० असोज १८ गते दुई पक्षीय सम्झौता गरेर सो छुट दिँदै आएको निगमले जनाएको छ ।

तर, निगमले भनेजस्तो निजी क्षेत्रले आयोजना कार्यक्रममा भने निगमको प्रवर्द्धनात्मक विषय समेटिएको पाइँदैन ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ५ : २७ बजे

निशा डाँगीद्वारा सह महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डागीले सहममन्त्रीमा उम्मेदवारी

माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई अदालतमा उपस्थित गराउन आदेश

काठमाडाैं – पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल जोडिएको पतन्जली योग विद्यापिठ जग्गा

विराजभक्तले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं – केन्द्रीय सदस्यमा निर्वाचित भएपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले उपसभापतिमा

रिमा विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दिने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा

पदाधिकारीका अधिकांश आकांक्षी बने केन्द्रीय सदस्य, रवि-बालेनले कसरी गराउलान् सर्वसम्मति ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा पदाधिकारीका दाबेदार अधिकांश नेता