देउवाको निवासमा भारतीय विदेश सचिव मिस्रीलाई स्वागत « Khabarhub

देउवाको निवासमा भारतीय विदेश सचिव मिस्रीलाई स्वागत


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार आफ्नै निवास बूढानीलकण्ठमा भारतीय विदेश सचिव विक्रम मिस्रीलाई स्वागत गरेका छन्।

देउवाले भेटपछि सामाजिक सञ्जालमार्फत् जानकारी दिँदै मिस्रीसँगको छलफल नेपाल–भारतबीचको घनिष्ठ र बहुआयामिक सम्बन्धलाई अझ सुदृढ बनाउन केन्द्रित भएको बताए।

उनले भनेका छन्, ‘हाम्रो सम्बन्ध आपसी विश्वास, सद्भावना र क्षेत्रीय समृद्धि तथा स्थायित्वप्रतिको साझा आकांक्षामा आधारित छ।’

भारतीय विदेश सचिव मिस्री दुईदिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आएका हुन्।

भ्रमणका क्रममा उनले उच्च राजनीतिक तथा सरकारी तहका व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनले आइतबार नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिएका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि संवाद गरिसकेका छन् ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ५ : २८ बजे

एमालेले बनायो स्याङ्जा-१ मा मीनप्रसाद र २ मा खिम थापालाई उम्मेदवार

वालिङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बालेनले सम्हाले रास्वपा वरिष्ठ नेताको कार्यभार

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी

गुमनाम रहेका आकाश फिल्ममा फर्कने मोटामोटी पक्का

काठमाडौं – लगातार फिल्म फ्लप भएपछि नायक कसरी बेरोजगार हुन्छन्

मेयर पदबाट राजीनामा दिएर रास्वपा कार्यालय पुगे बालेन, बजाए घण्टी

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह बालेन राष्ट्रिय स्वतन्त्र

बालेनले मेयर पदबाट दिए राजीनामा

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पदबाट राजीनामा दिएका