एमाले झापाद्वारा बिरुवा रोपण अभियान « Khabarhub

एमाले झापाद्वारा बिरुवा रोपण अभियान


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

झापा– पर्यावरण संरक्षण र फलफूलमा परनिर्भरता घटाउने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टी (एमाले) झापाले प्रत्येक सदस्यको घरमा अनिवार्य फलफूलको बिरुवा रोपण गर्ने अभियान सञ्चालन गरेको छ ।

एमालेले जिल्लाका १५ वटै पालिकामा बिरुवाको व्यवस्थापन गरेर सदस्यहरूलाई बिरुवा रोपण कार्यमा सरिक गराइरहेको पार्टीका जिल्ला सचिव तुलसी कार्कीले बताइन् ।

उनले भनिन्, ‘हरेक सदस्यलाई पार्टीले नै बिरुवाको व्यवस्था गरेर आफ्ना खाली जमिनमा फलफूलको बिरुवा लगाउन अभिप्रेरित गरिरहेका छौँ ।’

यसबाट फलफूलको परनिर्भरता घटाउन समेत मद्दत पुग्ने हुँदा पार्टीले विभिन्न सङ्घसंस्था र डिभिजन वन कार्यालयसँग बिरुवा अनुदानमा लिएर सदस्यलाई वितरण गरिरहेको सचिव कार्कीले बताइन् । जिल्लामा करिब ५० हजार पार्टीका सदस्यको घरमा बिरुवा रोप्ने लक्ष्य छ । 

चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा करिब एक लाख बिरुवा रोप्ने लक्ष्य रहेको सचिव कार्कीले जानकारी दिइन् । ‘लिची, आँप, कागती, जामुनलगायतका फल्ने बिरुवा रोपिरहेका छौँ’, उनले भनिन् ।  

निजी वन हुर्काउन चाहनेहरू, वृक्षारोपण अभियान सञ्चालन गर्ने सामाजिक सङ्घसंस्थाहरु र राजनीतिक दलहरूले कार्यालयमा निवेदन दिएर बिरुवा माग गर्दै आएका र आवश्यकता पहिचान गरेर बिरुवा उपलब्ध गराउँदै आएको डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु खड्काले बताए । आगामी तीन वर्षमा वडाका हरेक घरअगाडि र सडक किनारमा छाँयादार, हरियाली र फल फल्ने बिरुवा हुर्काउने कार्यक्रम छ । 

यसैगरी, राष्ट्रिय युवा सङ्घ नेपालले ‘संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको’ नारासहित चालु आर्थिक वर्षको एक महिने वृक्षारोपण अभियान सञ्चालन गरिरहेको छ । 

सङ्घका केन्द्रीय सदस्य तथा झापा इञ्चार्ज खगेन्द्र आङ्दम्बेले उद्यान, सामुदायिक वन र सडक किनारमा बिरुवा रोप्ने काम गरिरहेको जानकारी दिए । यसैबीच नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले समेत गत वर्ष अभियान सञ्चालन गरेर जिल्लामा विभिन्न प्रजातिका ५० हजार बिरुवा रोपेको थियो । रासस

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ७ : २३ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी