नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी « Khabarhub

नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

राँझा– नेपालगञ्ज स्वीमिङ क्लब बाँकेले नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता गर्ने भएको छ । 

आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ को तयारी सुरु गरिएको क्लबका अध्यक्ष केशवराज न्यौपानेले जानकारी दिए । 

नेपालगञ्ज रङ्गशाला परिसरको पौडी पोखरीमा आयोजना हुने उक्त प्रतियोगितामा देशभरिका २०० भन्दाबढी खेलाडीको सहभागिता रहने छ । विद्यालय लक्षित प्रतियोगितामा ८, १०, १२, १४ र १७ उमेर समूहका अतिरिक्त खुला उमेर समूहबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा सङ्घसंस्था वा क्लबले पनि संस्थागत रुपमा प्रतियोगितामा सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ । यु–८ उमेर समूहका खेलाडीले २५ मिटर, यु–१० उमेर समूहलाई ५० मिटर, यु–१२ र यु–१४ उमेर समूहका खेलाडीबीच ५० र १०० मिटर तथा खुला उमेर समूहतर्फ २०० र ४०० मिटर दूरीका विभिन्न ५६ स्पर्धा गराइने अध्यक्ष पौडेलले बताए । 

नेपाल पौडी सङ्घको केन्द्रीय वार्षिक क्यालेण्डरअनुसार प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने पौडी प्रशिक्षक चन्दुराम चौधरीले जानकारी दिए । 

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ८ : ३० बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा