बलिउडमा पारिश्रमिक असमानताबारे यस्तो भनछन आमिर खान « Khabarhub

बलिउडमा पारिश्रमिक असमानताबारे यस्तो भनछन आमिर खान


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडमा कलाकारहरूबीचको पारिश्रमिक असमानता लामो समयदेखि बहसको विषय बनेको छ। यसैबीच सुपरस्टार आमिर खानको अन्तर्वार्ता  चर्चामा आएको छ, जसमा उनले स्पष्ट रूपमा बताएका छन् कि  फिल्म उद्योगमा तलब लिङ्गको आधारमा होइन, पपुल्यारिटी  र दर्शक तान्ने क्षमताको आधारमा निर्धारण हुन्छ।

एनडीटीभीसँगको अन्तर्वार्तामा आमिर खानले स्पष्ट पार्दै भने, ‘फिल्ममा नायिकाहरू निकै मेहनत गर्छन् साथै  क्यामराम्यान, लाइट बोय लगायत सबैले मेहनत गर्छन्। तर हामी सबैको तलब बराबर हुँदैन। यसको कारण हाम्रो पेसा होइन , तर बजारमा तपाइको कति पपुल्यारिटी छ र फिल्मलाई कति नाफा दिलाउन सक्नुहुन्छ भन्ने आधारमा तलब निर्धारण गर्छ। यदि मैले  १० रुपैयाँ पारिश्रमिक पाउँछु भने त्यो मेरो आम्दानी ल्याउन सक्ने क्षमता अनुसार हो। रानी मुखर्जीले बढी दर्शक तानेको खण्डमा, उनलाई बढी तलब पाउनु  स्वाभाविक हो ।’

आमिरको यो भनाइले बलिउडमा पारिश्रमिक असमानताको बहसलाई नयाँ दृष्टिकोण दिएको छ। उनले यस अन्तर्वार्तामा स्पष्ट पारेका छन् कि फिल्म उद्योगमा कसैको पारिश्रमिक लिङ्गको आधारमा होइन, दर्शक तान्ने क्षमता र फिल्मको आम्दानीमा योगदानको आधारमा निर्धारण हुन्छ।

यसरी आमिर खानले पारिश्रमिक असमानताको विवादलाई ‘बजार मूल्य र कामको परिणाम’ को परिप्रेक्ष्यमा व्याख्या गरेका छन्, जसले दर्शक र उद्योग दुवैको लागि सोच्न लायक विषय प्रस्तुत गरेको छ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ८ : ३३ बजे

यूएईमा नेपाली श्रमिकका स्वास्थ्य अवस्थाबारे अन्तरक्रिया

काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधावीस्थित नेपाली दूतावासले नेपाली श्रमिकले

अफगानिस्तानमा पहिरो, ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– अफगानिस्तानको पूर्वी क्षेत्र कापिसा प्रान्तमा शुक्रबार राति गएको पहिरोले

छत्तिसेघाटमा मोटरेबल पुल निर्माण

पर्वत– जिल्लाका सडकलाई वर्षभरी नै सञ्चालन गर्नका लागि खोलामा मोटरेबल

ट्रम्पले इरानमाथि दबाब बढाउँदै, अमेरिकी सैन्य उपस्थिति बलियो

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको बढ्दो तनावलाई ध्यानमा राख्दै

गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी

जानकी– थोरै लगानी, स्थानीय स्रोत–साधनको अधिकतम उपयोग र निरन्तर मेहनतबाट