अरबिन्द सिंहले भने- २४ घण्टामै फेल भएको ओलीको प्रतिवेदन बोकेर जनतामा जान सकिँदैन « Khabarhub

अरबिन्द सिंहले भने- २४ घण्टामै फेल भएको ओलीको प्रतिवेदन बोकेर जनतामा जान सकिँदैन


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं— नेकपा (एमाले) का केन्द्रीय सदस्य अरबिन्द सिंहले पार्टीको १०औं केन्द्रीय कमिटी बैठकमा नेतृत्वप्रति गम्भीर प्रश्नसहित आलोचना गरेका छन्।

उनले पार्टीको हालको राजनीतिक विश्लेषणदेखि भ्रस्टाचार, संगठन सञ्चालन र नेतृत्व शैलीसम्मका विषयमा स्पष्ट रूपमा असन्तुष्टि व्यक्त गरेका छन्।

सिंहले भदौ २२ गते प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदन २४ घण्टा नपुग्दै फेल भएको दाबी गर्दै भने, ‘फेल भएको कार्यनीति बोकेर आगामी पाँच वर्ष कसरी जानेरु हाम्रा विश्लेषणहरू वस्तुनिष्ठ हुन छोडेका छन्।’

उनले भदौ २३ गते जेन-जी आन्दोलनका क्रममा भएको घटनालाई सतही रूपमा व्याख्या गरिएको आरोप लगाउँदै त्यसको विस्तृत र वस्तुनिष्ठ छानबिनको माग गरे।

‘पार्टी सत्ता र राज्य सत्ता हाम्रो हातमा हुँदा भएको नरसंहारको आरोपबाट हामी सतही विश्लेषणका आधारमा कहिल्यै उम्किन सक्दैनौं,’ सिंहले भने।

सिंहले भ्रस्टाचार र व्यभिचारका डेढ दर्जनभन्दा बढी आरोपहरूमा फसेका नेताहरू पार्टीभित्रै रहँदा पनि संस्थागत कारबाही नहुँदा पार्टीको नैतिकता कमजोर भएको टिप्पणी गरे।

नेतृत्व हस्तान्तरणको माग गर्दै उनले भने, ‘जनताको आक्रोश अहिले पार्टीमाथि भन्दा पनि अध्यक्ष र उनको वरिपरिको समूहमाथि केन्द्रित छ। त्यसकारण जिम्मेवारी हस्तान्तरण गरेर मार्ग प्रशस्त गर्नु नै पार्टी बचाउने उपाय हो।’

सिंहले युवा विद्यार्थी आन्दोलन र सडक विरोधलाई ‘कुशासन र भ्रष्टाचारविरुद्धको जनसंग्रामु भन्दै त्यसलाई प्रतिगमन भनेर हेला नगर्न चेतावनी दिए।

उनले अनेरास्ववियुमा देखिएको नेतृत्व अस्थिरता, केन्द्रीय कमिटीमा सदस्यहरूलाई बोल्ने अवसर नदिइने प्रवृत्ति, र संसद विघटनजस्ता निर्णयलाई पनि कडा आलोचना गरे।

बैठकमा उनले अन्त्यमा पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण गरी पार्टी गतिविधिमा पुनःसक्रिय गराउन मागसमेत गरेका छन्।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  १० : २९ बजे

भोजपुरमा कांग्रेसको ८ स्थानीय तहमा अधिवेशन सम्पन्न

भोजपुर– नेपाली कांग्रेस भोजपुरका नौमध्ये ८ वटा स्थानीय तहमा अधिवेशन

जलवायु सङ्कट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनबाट सिर्जित सङ्कट सामना गर्न

एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान

मकवानपुरमा सतर्कता : कुलेखानी जलाशयको स्थलगत अनुमगन

हेटौँडा– जल तथा मौसम विभागले भारी वर्षाको प्रक्षेपण गरेपछि मकवानपुर

विद्यार्थीलाई न्यानो कपडा वितरण

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुडेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयका