ईश्वरी जीएमले भनिन्- टीके प्रथाले एमाले बिगाऱ्यो, सल्लाहकारले नेतृत्वलाई गलत सूचना दिएर डुबाए  « Khabarhub

ईश्वरी जीएमले भनिन्- टीके प्रथाले एमाले बिगाऱ्यो, सल्लाहकारले नेतृत्वलाई गलत सूचना दिएर डुबाए 


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

ललितपुर– नेकपा (एमाले) केन्द्रीय कमिटीको तीन दिनदेखि जारी बैठकमा केन्द्रीय सदस्य ईश्वरी जीएमले पार्टी पुनर्गठन, नेतृत्व शैली, युवा प्रतिनिधित्व र पछिल्ला राजनीतिक घटनाक्रमबारे ठोस र आत्मआलोचनात्मक धारणा प्रस्तुत गरेकी छन्।

जीएमले विघटित प्रतिनिधिसभाको पुनर्स्थापनाबारे सडक आन्दोलनभन्दा संवाद र कानुनी प्रक्रियामार्फत समाधान खोज्न सुझाव दिएकी छन् । ‘सडक आन्दोलन होइन, कानुनी र राजनीतिक संवादमार्फत निकास खोजौँ। त्यससँगै निर्वाचनको तयारी गर्दै जनतालाई उत्साहित पार्ने कार्यक्रम तय गरौँ,’ उनले भनिन् ।

उनले आसन्न एघारौँ महाधिवेशनमा जेन-जी पुस्तासहित युवाको प्रतिनिधित्व सुनिश्चित गर्न प्रतिनिधि छनोटदेखि कमिटी गठनसम्मका मापदण्ड बनाउन माग गरिन्। 

टीके संस्कृतिको अन्त्य गर्दै निर्वाचनमार्फत नेतृत्व चयन गर्नुपर्नेमा उनले जोड दिइन्। ‘टीके प्रथाले पार्टी सुदृढ हुँदैन, झन् कमजोर हुन्छ,’उनले भनिन्।

भदौ २३ गतेको जेन-जी आन्दोलनका क्रममा भएको गोलीकाण्डबारे बोल्दै जीएमले त्यसलाई सरकारको फितलो सुरक्षा व्यवस्थाको परिणाम बताइन्। उनले भनिन्, ‘प्रधानमन्त्री कार्यालयकै मातहतका निकायहरूले किन रोक्न सकेनन् भन्ने प्रश्न गम्भीर छ। यसमा सूक्ष्म छानबिन हुनैपर्छ’, उनले भनिन् ।

पार्टीको वर्तमान अवस्थाबारे खुला आत्मआलोचना गर्दै उनले भनिन्, ‘जनता भन्दा माथि दल हुन सक्दैन। हामीले आफ्ना व्यक्तिगत र संस्थागत आचरणमा सुधार गर्न सकेनौँ, यही कमजोरी अहिलेको संकटको कारण हो।’

उनले तीन तहका सरकारका नीति र बजेट जनताको बहुदलीय जनवादको  मार्गदर्शनअनुसार समाजवादको आधार निर्माणमा केन्द्रित हुन नसकेको औंल्याउँदै सामूहिक आत्मआलोचना गर्न आग्रह गरिन्।

समानुपातिक प्रणालीको दुरुपयोगबारे उनले भनिन्, ‘पद र अवसर आफन्त र नजिकका व्यक्तिलाई बाँड्ने प्रवृत्ति रोक्नुपर्छ। समानुपातिक सांसद दोहोरिन नपाउने कुरा राम्रो हो, तर प्रत्यक्ष निर्वाचनमा पनि एउटै व्यक्ति पटक–पटक उम्मेदवार बन्ने चलन अन्त्य गर्न नीति बनाउनुपर्छ।’

उनले पार्टी नेतृत्व वरिपरिका कथित सल्लाहकारहरूले गलत सूचना दिई भ्रम फैल्याउने प्रवृत्ति रोक्न चेतावनी दिइन्। ‘नेतृत्वले सबैसँग समान व्यवहार गर्न सकेमा मात्रै पार्टी बलियो हुन्छ,’ जीएमले भनिन्।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ११ : २० बजे

भोजपुरमा कांग्रेसको ८ स्थानीय तहमा अधिवेशन सम्पन्न

भोजपुर– नेपाली कांग्रेस भोजपुरका नौमध्ये ८ वटा स्थानीय तहमा अधिवेशन

जलवायु सङ्कट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनबाट सिर्जित सङ्कट सामना गर्न

एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान

मकवानपुरमा सतर्कता : कुलेखानी जलाशयको स्थलगत अनुमगन

हेटौँडा– जल तथा मौसम विभागले भारी वर्षाको प्रक्षेपण गरेपछि मकवानपुर

विद्यार्थीलाई न्यानो कपडा वितरण

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुडेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयका