बालेनसामु वडाध्यक्षले भने, ‘सिंहदरबार जल्दा रमिते बन्यौँ, पुनर्निर्माणको जिम्मा काठमाडौं महानगरले लिनुपर्छ’ « Khabarhub

बालेनसामु वडाध्यक्षले भने, ‘सिंहदरबार जल्दा रमिते बन्यौँ, पुनर्निर्माणको जिम्मा काठमाडौं महानगरले लिनुपर्छ’


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाको ४३औँ नगर कार्यपालिका बैठकमा सिंहदरबार जलेको विषय उठेको छ ।

वडा नम्बर ३ का अध्यक्ष प्रेम थापाले गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा भएका घटनाप्रति दु:ख व्यक्त गर्दै सिंहदरबार पुनर्निर्माणको जिम्मा महानगरले लिनुपर्ने प्रस्ताव प्रस्तुत गरेका छन्।

शुक्रबार बसेको बैठकमा थापाले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा सिंहदरबार र संसद् भवनजस्ता ऐतिहासिक धरोहर जलाएर नष्ट पारिएको भन्दै गहिरो पीडा व्यक्त गरे।

‘हाम्रो ऐतिहासिक धरोहर सिंहदरबार जलिरहेको टुलुटुलु हेरेर बस्दा दु:ख लागेको छ’, उनले महानगरका मेयर बालेन्द्र साह र उपमेर सुनिता डंगोलसामु भने, ‘सिंहदरबार हाम्रो गौरव हो, त्यसको पुनर्निर्माणको जिम्मा काठमाडौं महानगरपालिकाले लिनुपर्छ।’

थापाले आन्दोलनका क्रममा जनप्रतिनिधिहरू पनि असुरक्षित महसुस गरेर बस्नुपरेकाले आगजनीका बेला निभाउन नसकेकोमा दु:ख व्यक्त गरे ।

‘त्यो बेला हामीले केही गर्न सकेनौँ, हेरेर बस्नुबाहेक विकल्प थिएन। आन्दोलनको उद्देश्य पवित्र भए पनि हत्या, लुटपाट र आगजनीप्रति खेद प्रकट गर्न यो बैठकले प्रस्ताव पारित गर्नुपर्छ’, उनले भने ।

जेन-जी आन्दोलनमा भएका अन्य घटनाबारे सरकारले छानबिन गरिरहेकाले त्यसबारे विस्तृत टिप्पणी गर्नु उचित नहुने उनले बताए। तर सिंहदरबार पुनर्निर्माणका लागि महानगरबाट नै संकल्प पारित गर्नुपर्नेमा उनले जोड दिए।

‘आजको कार्यपालिका बैठकबाट एउटा चिज भन्दै पर्छ । रुन मन लाग्ने भएको छ, ऐतिहासिक धरोहर सिंहदरबार आन्दोलनका नाममा जलेको छ,’ उनले भने, ‘त्यो जलिरहेको टुलुटुलु हेरेर बस्दा दु:ख लागेको छ । म यो कार्यपालिका बैठकमा संकल्प प्रस्ताव पेश गर्छु । सिंहदरबार पुनर्निर्माणको जिम्मा काठमाडौं महानगरपालिकाले लिनुपर्छ । हामीले हाम्रो धरोहर सिंहदरबारलाई बनाइदिने संकल्प यसै बैठकमा गर्नुपर्छ ।’

जेन-जी आन्दोलनका क्रममा सिंहदरबार जल्दा मेयर बालेन्द्रले दमकल नपठाएर रमिते बनेको आरोप लागिरहेको छ । आफ्नी पत्नीलाई ट्राफिक प्रहरीले रोकेको रोषमा उनले कुनै बेला सिंहदरबार जलाउने धम्की दिएका थिए ।

त्यही कुरा उनले पुष्टि गर्दै भदौ २४ गते सिंहदरबार जलिरहँदा रमिते बनेको आरोप उनीमाथि छ । तीन दिनसम्म सिंहदरबार र सर्वोच्च अदालत जल्दा पनि बालेनले दमकल नपठाएपछि ललितपुरको महानगरपालिकाको दमकल बोलाएर आगो निभाउने काम भएको थियो ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ११ : ५९ बजे

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको

प्रविधिको प्रयोग गरी क्षयरोगीको खोजी

पाल्पा – पाल्पामा आधुनिक प्रविधिको प्रयोग गरी क्षयरोगी पहिचान सुरु