सिंहदरबार र सर्वोच्चको आगो निभाउन सबैभन्दा पहिले काठमाडौंकै दमकल पुगेको दाबी | Khabarhub Khabarhub

महानगरको बैठकमा बालेनको बचाउ

सिंहदरबार र सर्वोच्चको आगो निभाउन सबैभन्दा पहिले काठमाडौंकै दमकल पुगेको दाबी


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाले भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा उपत्यकाका विभिन्न स्थानमा पुगेर ५७ पटक आगो निभाएको जवाफ दिएको छ ।

महानगरस्थित विपद् व्यवस्थापन विभागमा महाशाखा प्रमुख नगर प्रहरी विष्णुप्रसाद जोशीले भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा समयमै दमकल परिचालन गरिएको बताएका छन् ।

काठमाडौं महानगरपालिकाको शुक्रबार बसेको ४३ औँ नगर कार्यपालिका बैठकमा आफ्ना भनाइ राख्ने क्रममा उनले सिंहदरबार र सर्वोच्च अदालतसहितका सरकारी संरचना जलाउँदा दमकल नपठाएको भनेर गरिएको आलोचनाको खण्डन गरेका छन् ।

सरकारी संरचना जल्दा महानगरपालिका रमिते बनेको भनेर मेयर बालेन्द्र साहको आलोचना भइरहेका बेला जोशीले त्यसलाई गलत भन्दै बचाउ गरेका छन् ।

‘हामीलाई भदौ २३ गते दिउँसो १ बजे नै फोन आएको थियो। शान्तिनगरस्थित सडकमा एम्बुलेन्समा आगलागी भएकाले निभाउन बोलाइएको थियो’, उनले भने, ‘त्यसपछि बिजुलीको पोल र सुन्धारामा मोटरसाइकलमा लागेको आगो पनि निभाएका थियौँ। तर दिउँसो ३ बजेपछि नयाँबानेश्वरमा ठूलो झडप भएकाले दमकल निकाल्ने अवस्था रहेन।’

जोशीले भदौ २४ देशभर नै विध्वंशच मच्चाइँदा काठमाडौंका विभिन्न स्थानमा एकैसाथ आगलागी भएपछि दमकल सञ्चालन चुनौतीपूर्ण भएको बताए ।

‘वसन्तपुरबाट दमकल मुभ गर्दा जनसेवा र हिमालयन बैंकमा भएको आगो निभाउन दबाब दिइयो। त्यहाँबाट अगाडि बढ्न दिइएन। चाबहिलबाट अर्को दमकल अघि बढ्दा ढुंगा मुढा भयो,’ उनले भने।

जोशीले दमकललाई स्कर्टिङ गरिरहेको नेपाली सेनाको गाडीलाई समेत आक्रमण गरिएपछि आफूहरू चुप बस्ने अवस्था आएको सुनाए ।

‘भदौ २४ गते काठमाडौंमा जताततै आगलागी भएको थियो । हामीलाई फोन आएको आयै थियो । आन्दोलन चलिरहेको थियो’, उनले भने, ‘चाबहिलबाट अर्को दमकल अघि बढ्दा ढुंगामुढा गरियो । अपरान्ह साढे ४ बजेतिर नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा आगो लागेको खबर आएपछि चाबहिलको दमकल आएर निभायो ।’

एक दमकल पानी हानिसकेपछि अर्को खेप लिन जाँदा चाबहिलमा सेनाको गाडीलाई समेत आक्रमण गरिएको उनले बताए । ‘हामीलाई स्कर्टिङ गरिएको सेनाको गाडीलाई ढुंगा हानिएपछि हामी सुरक्षित स्थानतिर गयौँ । सडकमा निस्किएर दमकल कुदाउने अवस्था नै भएन’, उनले भने ।

बालाजुको दकमल पनि निकाल्न नसकिएको उनले बताए । ‘त्यस दिन राति ८ बजे सिंहदरबार पुगेर आगो निभाउन खोजेका थियौँ । दुई दमकल पानी सिंहदरबारमा हानेपछि अन्यत्रबाट पनि माग आएको थियो’, उनले भने, ‘तर अन्यत्र पठाउन हामीले सकेनौँ ।’

उनका अनुसार काठमाडौं महानगरसँग त्यतिबेला पाँच वटा दमकल सक्रिय थिए। तीमध्ये दुईवटा सिंहदरबारमा, बाँकी अन्य स्थानमा परिचालन गरिएका थिए।

जोशीले सर्वोच्च अदालतमा लागेको आगो निभाउन ललितपुर महानगरको दमकल आएको भनेर गरिएको दाबी पनि असत्य भएको बताए। ‘ललितपुरको दमकल हामीले नै बोलाएका थियौँ। सहयोगका लागि अन्य निकायलाई बोलाउने नियमअनुसार त्यो गरिएको हो,’ उनले स्पष्ट पारे।

जेन–जी आन्दोलनका दुई दिन अर्थात् भदौ २३ र २४ गते महानगरपालिकाले ५७ स्थानमा लागेको आगो नियन्त्रण गरेको थियो। उनले भने, ‘हिल्टन होटलमा अग्लो स्थानमा आगो लाग्दा पानी हान्न सकिएन। तर बाँकी सबै ठाउँमा हामीले सकेसम्म उद्धार र नियन्त्रणका प्रयास गरेका थियौँ’, उनले भने ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  १ : २४ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार