कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : महाधिवेशन सार्न नहुनेमा जोड « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : महाधिवेशन सार्न नहुनेमा जोड


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेताहरूले पार्टीको महाधिवेशनलाई कुनै पनि बहानामा सार्न नहुनेमा जोड दिएका छन् ।  

पार्टी कार्यालय सानेपामा जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा शुक्रबार धारणा राख्ने सदस्यहरूले बैठकले कार्यतालिका निर्माण गरेर महाधिवेशनको मिति तोक्नुपर्ने समेत जनाएका छन् ।

प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राखेर तत्काल १५ औ महाधिवेशनलाई छिटो सम्पन्न गर्नुपर्ने उनीहरूको सुझाव छ ।

बैठकमा जेन-जी आन्दोलनपछिको परिस्थिति, संसद् विघटन, प्रतिनिधिसभा निर्वाचन, पार्टीको भातृ संगठन लगायतका विषयमा केन्द्रीय सदस्यहरूले धारणा राखिरहेको कांग्रेसले जनाएको छ । बैठक केही दिन चल्ने बताइएको छ । 

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  २ : १९ बजे

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको

एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक

काठमाडौं– एनएमबि बैंकले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

कांग्रेस, एमालेदेखि रास्वपासम्म विद्रोह : कहाँ कहाँ पर्‍यो बागी उम्मेदवारी ?

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा मंगलबार

याङ्गोले ल्यायो लचिलो डेलिभरी सेवा

काठमाडौं– याङ्गो ग्रुपले याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान ‘याङ्गो