हिउँ पन्छाएर बाह्र दिनपछि खुलाइयो न्यालु सडक « Khabarhub

हिउँ पन्छाएर बाह्र दिनपछि खुलाइयो न्यालु सडक


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सिमकोट– हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित न्यालु सडकखण्ड १२ दिनपछि सञ्चालनमा आएको छ । हिमपातका कारण सडकमा हिउँ जमेर बन्द भएको सडक हिउँ पन्छ्याएपछि सञ्चालनमा आएको हो । 

पूर्वधार विकास कार्यालय हुम्लाले न्यालु सडकमा जमेको हिउँ पन्छ्याउनका लागि सदरमुकाम सिमकोटबाट स्काभेटर पठाएको थियो । 

बिहीबार हिउँ पन्छ्याएपछि सडक सुचारु भएको पूर्वाधार कार्यालय प्रमुख नरेशराज जैसीले बताए । सडकमा जमेको चार फिट हिउँ तीन दिन लगाएर पन्छाएपछि सहज रूपमा यातायात सञ्चालनमा आएको उनले जानकारी दिए । 

सडक सञ्चालमा आएसँगै हिमपातपछि तुम्लिङमा रोकिएका चालिस जनाभन्दा बढी यात्रु सकुशल सदरमुकाम सिमकोट पुगेका छन् । हिमपातपछि लिमी उपत्यामा यतिबेला चिसो अत्येधिक बढ्दै गएको छ । यहाँको तापक्रम बिहानबेलुका माइनसमा हुने गरेको छ ।
 

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  २ : ४७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार