महेश बस्नेतले भने- प्रचण्ड, रवि र बालेनमाथि अनुसन्धान गरेर कारबाही गर्नुपर्छ « Khabarhub

महेश बस्नेतले भने- प्रचण्ड, रवि र बालेनमाथि अनुसन्धान गरेर कारबाही गर्नुपर्छ


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले माओवादी केन्द्रका संयोजक प्रचण्डमाथि अनुसन्धान गरेर कारबाही हुनुपर्ने बताएका छन् ।

शुक्रबार पार्टीको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै बस्नेतले प्रचण्डका साथै रवि लामिछाने र बालेन शाहमाथि अनुसन्धान गरेर कारबाही हुनुपर्ने बताएका हुन् । जेन-जी आन्दोलनमा उनीहरूको भूमिका शङ्कास्पद देखिएकाले अनुसन्धान हुनुपर्ने उनले बताए ।

बस्नेतले जेन-जी आन्दोलनलाई हस्तक्षेप गर्दै आपराधिक गतिविधि भएको जिकिर गरे । मुलुकको राष्ट्रिय स्वाधिनतनाका साथै विकास र समृद्धिमा एमालेले खेलेको भूमिका कारण आफूहरूमाथि सबै भन्दा बढी आक्रमण भएको उनले बताए ।

सरकारले राजनीतिक दलका नेताहरूलाई भ्रष्टाचारको अभियोग लगाएर निर्वाचनमा उठ्न नदिने षडयन्त्र गरिरहेकाले त्यसका विरुद्ध सडक संघर्ष गर्नुपर्नेमा आफूले जोड दिएको उनले बताए । 

पार्टी भित्र एकताको आवश्यक रहेको र अध्यक्ष केपी ओलीको विकल्प खोज्न नहुने आफूले धारणा राखेको उनको भनाइ छ । 

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ३ : ०६ बजे

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको

एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक

काठमाडौं– एनएमबि बैंकले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

कांग्रेस, एमालेदेखि रास्वपासम्म विद्रोह : कहाँ कहाँ पर्‍यो बागी उम्मेदवारी ?

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा मंगलबार

याङ्गोले ल्यायो लचिलो डेलिभरी सेवा

काठमाडौं– याङ्गो ग्रुपले याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान ‘याङ्गो