महेश बस्नेतले भने- प्रचण्ड, रवि र बालेनमाथि अनुसन्धान गरेर कारबाही गर्नुपर्छ « Khabarhub

महेश बस्नेतले भने- प्रचण्ड, रवि र बालेनमाथि अनुसन्धान गरेर कारबाही गर्नुपर्छ


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले माओवादी केन्द्रका संयोजक प्रचण्डमाथि अनुसन्धान गरेर कारबाही हुनुपर्ने बताएका छन् ।

शुक्रबार पार्टीको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै बस्नेतले प्रचण्डका साथै रवि लामिछाने र बालेन शाहमाथि अनुसन्धान गरेर कारबाही हुनुपर्ने बताएका हुन् । जेन-जी आन्दोलनमा उनीहरूको भूमिका शङ्कास्पद देखिएकाले अनुसन्धान हुनुपर्ने उनले बताए ।

बस्नेतले जेन-जी आन्दोलनलाई हस्तक्षेप गर्दै आपराधिक गतिविधि भएको जिकिर गरे । मुलुकको राष्ट्रिय स्वाधिनतनाका साथै विकास र समृद्धिमा एमालेले खेलेको भूमिका कारण आफूहरूमाथि सबै भन्दा बढी आक्रमण भएको उनले बताए ।

सरकारले राजनीतिक दलका नेताहरूलाई भ्रष्टाचारको अभियोग लगाएर निर्वाचनमा उठ्न नदिने षडयन्त्र गरिरहेकाले त्यसका विरुद्ध सडक संघर्ष गर्नुपर्नेमा आफूले जोड दिएको उनले बताए । 

पार्टी भित्र एकताको आवश्यक रहेको र अध्यक्ष केपी ओलीको विकल्प खोज्न नहुने आफूले धारणा राखेको उनको भनाइ छ । 

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ३ : ०६ बजे

भोजपुरमा कांग्रेसको ८ स्थानीय तहमा अधिवेशन सम्पन्न

भोजपुर– नेपाली कांग्रेस भोजपुरका नौमध्ये ८ वटा स्थानीय तहमा अधिवेशन

जलवायु सङ्कट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनबाट सिर्जित सङ्कट सामना गर्न

एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान

मकवानपुरमा सतर्कता : कुलेखानी जलाशयको स्थलगत अनुमगन

हेटौँडा– जल तथा मौसम विभागले भारी वर्षाको प्रक्षेपण गरेपछि मकवानपुर

विद्यार्थीलाई न्यानो कपडा वितरण

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुडेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयका