एमाले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य र पोलिटब्युरो सदस्यले धारणा राख्ने क्रम सकियो « Khabarhub

एमाले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य र पोलिटब्युरो सदस्यले धारणा राख्ने क्रम सकियो


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठकको तेस्रो दिन पनि बैठक जारी छ । 

ललितपुर, जावलाखेलस्थित भनिमण्डलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि हालसम्म केन्द्रीय सदस्य र पोलिटब्युरो सदस्यले पार्टी आ–आफ्नो धारणा राख्ने क्रम सकिएको छ । 

पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले स्थायी कमिटी सदस्यले धारणा राख्ने क्रम सुरु भएको जानकारी दिए । 

उनका अनुसार स्थायी कमिटी सदस्यले धारणा राखेपछि पदाधिकारी र त्यसपछि अध्यक्ष ओलीले प्रतिवेदनमाथि उठेका प्रश्न तथा सुझावबारे एकमुष्ट जवाफ दिएर बैठक समापन गर्ने कार्यतालिका रहेको छ । 

स्थायी कमिटी सदस्य र पदाधिकारीलाई पनि तीन मिनेटकै समय उपलब्ध गराइने उनले बताए। स्थायी कमिटीमा पार्टी पदाधिकारीबाहेक २३ जना सदस्य छन् । यही असोज २९ गतेदेखि जारी रहेको बैठक आज सकिने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । 

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ३ : ०७ बजे

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको

एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक

काठमाडौं– एनएमबि बैंकले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

कांग्रेस, एमालेदेखि रास्वपासम्म विद्रोह : कहाँ कहाँ पर्‍यो बागी उम्मेदवारी ?

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा मंगलबार

याङ्गोले ल्यायो लचिलो डेलिभरी सेवा

काठमाडौं– याङ्गो ग्रुपले याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान ‘याङ्गो