अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय अवलोकन गर्ने पर्यटक बढ्दै « Khabarhub

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय अवलोकन गर्ने पर्यटक बढ्दै


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा स्वदेशी एवम् विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । 

दसैँको पूर्णिमापछि बिस्तारै पर्यटकको आकर्षण बढ्दै गएको सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मला न्यौपानेले जानकारी दिइन् । बिहीबार मात्रै एक हजारभन्दा बढीले सङ्ग्रहालयको अवलोकन गरेको उनले बताइन् । 

पर्वतीय पर्यटनका विविध पक्ष अवलोकन गर्नका लागि सङ्ग्रहालय बनाइएको छ । हिमाली जीवनसँगै पर्वतीय पर्यटनका विविध पक्षलाई सङ्ग्रहालयमा नियाल्न पाइने भएकाले आकर्षक गन्तव्यका रूपमा विकास हुन थालेको छ । 

यहाँबाट हिमाली क्षेत्रमा बसोबास गर्ने जातजातिको रीतिरिवाज, वेषभूषा, कला, संस्कृतिका साथै भौगोलिक अवस्थालगायत विषयमा जानकारी लिन पाउँछन् ।  

सङ्ग्रहालयमा विश्वका आठ हजार मिटरभन्दा बढी उचाइ भएका १४ वटा हिमाल, सात हजार पाँच सयदेखि सात हजार ९९९ मिटर उचाइसम्मका ४०, छ हजारदेखि छ हजार ९९९ मिटरसम्मका ६०३ सहित कूल एक हजार ९१३ वटा हिमचुचुरा र त्यस क्षेत्रमा बसोबास गर्ने बासिन्दाका भेषभूषा, संस्कृति, उपयोग गर्दै आएका विभिन्न सामग्री सङ्ग्रह गरी प्रदर्शनका लागि राखिएका छन् ।

सङ्ग्रहालयमा आउने पर्यटकमध्ये विद्यार्थीका लागि ८० रुपैयाँ, नेपाली नागरिकका लागि १५०, सार्क राष्ट्रका पर्यटकका लागि ३५० र अन्य विदेशी पर्यटकका लागि ७५० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको निर्देशक न्यौपानेले जानकारी दिइन्। 
 

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ३ : २६ बजे

काठमाडौं- ३ बाट कुलमानको उम्मेदवारी दर्ता

काठमाडौं– उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले काठमाडौँ

पाँचथरमा कांग्रेस एकजुट, देउवा पक्षका आङ्देम्बेले सघाए थापा पक्षका केरुङलाई 

काठमाडौं– नेपाली कांग्रेसबाट पाँचथरमा नरेन्द्र कुमार केरुङलाई टिकट दिएको छ। 

महेश बस्नेतविरुद्ध शोभा पाठकको उम्मेदवारी 

काठमाडौं– नेपाल जनसेवा पार्टीबाट भक्तपुर-२ मा नेकपा एमालेका नेता महेशविरुद्ध

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले