इलामका बाढी-पहिरोपीडितलाई सरकारले आर्थिक सहयोग गर्ने  « Khabarhub

इलामका बाढी-पहिरोपीडितलाई सरकारले आर्थिक सहयोग गर्ने 


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले हालैको बाढी–पहिरोका कारण बढी क्षति भएको इलामका पाँच पालिकाहरूलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।  

सिंहदरबारमा शुक्रबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले इलाममा सबैभन्दा बढी क्षति भएका पाँच पालिकालाई क्रमश ६० लाख, ५० लाख र ४० लाख सहयोग प्रदान गर्ने निर्णय गरेको हो । 

इलामलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गरेकाले तत्काल अत्यावश्यक सेवा सुचारु गर्नका लागि सहयोग प्रदान गर्ने निर्णय भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका दिनेश प्रसाद भट्टले जानकारी दिए ।

त्यस्तै ताप्लेजुङको मौवाखोलामा रहेको पहिरोको जोखिमयुक्त बस्तीलाई अर्को स्थानमा स्थायी रूपमा स्थानान्तरण गर्ने निर्णय बैठकले गरेको उनले बताए । 

त्यस्तै बैठकले विपद्पछि अस्थायी आवास निर्माणको कार्यविधि परिमार्जन गरेको उनले जानकारी दिए ।  

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ६ : ०७ बजे

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ

राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री खनालले भने-‘हामीले सिर्जना नगरेको उत्सर्जनको मूल्य चुकाउँदै छौँ’

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण अति जोखिममा