इलामका बाढी-पहिरोपीडितलाई सरकारले आर्थिक सहयोग गर्ने  « Khabarhub

इलामका बाढी-पहिरोपीडितलाई सरकारले आर्थिक सहयोग गर्ने 


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले हालैको बाढी–पहिरोका कारण बढी क्षति भएको इलामका पाँच पालिकाहरूलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।  

सिंहदरबारमा शुक्रबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले इलाममा सबैभन्दा बढी क्षति भएका पाँच पालिकालाई क्रमश ६० लाख, ५० लाख र ४० लाख सहयोग प्रदान गर्ने निर्णय गरेको हो । 

इलामलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गरेकाले तत्काल अत्यावश्यक सेवा सुचारु गर्नका लागि सहयोग प्रदान गर्ने निर्णय भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका दिनेश प्रसाद भट्टले जानकारी दिए ।

त्यस्तै ताप्लेजुङको मौवाखोलामा रहेको पहिरोको जोखिमयुक्त बस्तीलाई अर्को स्थानमा स्थायी रूपमा स्थानान्तरण गर्ने निर्णय बैठकले गरेको उनले बताए । 

त्यस्तै बैठकले विपद्पछि अस्थायी आवास निर्माणको कार्यविधि परिमार्जन गरेको उनले जानकारी दिए ।  

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ६ : ०७ बजे

काठमाडौं- ३ बाट कुलमानको उम्मेदवारी दर्ता

काठमाडौं– उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले काठमाडौँ

पाँचथरमा कांग्रेस एकजुट, देउवा पक्षका आङ्देम्बेले सघाए थापा पक्षका केरुङलाई 

काठमाडौं– नेपाली कांग्रेसबाट पाँचथरमा नरेन्द्र कुमार केरुङलाई टिकट दिएको छ। 

महेश बस्नेतविरुद्ध शोभा पाठकको उम्मेदवारी 

काठमाडौं– नेपाल जनसेवा पार्टीबाट भक्तपुर-२ मा नेकपा एमालेका नेता महेशविरुद्ध

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले