शनिबार बस्ने गरी स्थगित भयो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक « Khabarhub

शनिबार बस्ने गरी स्थगित भयो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक कार्तिक १ गते शनिबार बस्ने गरी स्थगित भएको छ ।

शुक्रबार पार्टी कार्यालयमा बसेको बैठकमा रमेश रिजाल, जीपछिरिङ लामा, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, प्रदीप पौडेल, डा. डिला संग्रौला, डा. गोपाल दहित लगायतले धारणा राखेका थिए ।

विभिन्न १० वटा प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी रहेकाले बैठक शनिबार बस्नेगरि स्थगित गरिएको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

बैठकमा नेताहरूले कार्यतालिका निर्माण गरेर महाधिवेशनको मिति तोक्नुपर्ने समेत जनाएका छन् । बैठकमा जेन-जी आन्दोलनपछिको परिस्थिति, संसद् विघटन, प्रतिनिधिसभा निर्वाचन, पार्टीको भातृ संगठन लगायतका विषयमा केन्द्रीय सदस्यहरूले धारणा राखेको प्रवक्ता महतले बताए । 

त्यस्तै निर्वाचनको मिति तय भएपनि सरकारले त्यसको तयारी गर्न नसकेको, राजदूत फिर्ताको काम लगायतका विषयमा पनि धारणा आएको उनको भनाइ छ ।

कांग्रेस केन्द्रीय कार्यसमिति शनिबार बस्ने र त्यसपछि छठ पछि बस्ने गरी तय गरिने उनले जानकारी दिए ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ६ : ४२ बजे

सुडानमा मानवीय संकट पर्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा चलिरहेको युद्धले गम्भीर मानवीय संकट आउन सक्ने मानव

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा धमाधम मनोनयन दर्ता

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन

चुनावी मैदानमा सञ्चारकर्मीको अग्निपरीक्षा

काठमाडौं- लामो समयदेखि पत्रकारिता गर्दै आएका थुप्रै पत्रकारहरू चुनावी मैदानमा

तोकिएको समयमा कागजातसहित उम्मेदवारी दर्ता गर्न आयोगको आह्वान

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

वर्षमान पुनले रोल्पाबाट दर्ता गरे उम्मेदवारी 

रोल्पा– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले आगामी