आरोपी सचिवलाई नै क्षतिको विवरण संकलनको जिम्मा, सात दिनलाई उपत्यका बाहिर जान अनुमति « Khabarhub

छानबिन आयोगको निर्णय

आरोपी सचिवलाई नै क्षतिको विवरण संकलनको जिम्मा, सात दिनलाई उपत्यका बाहिर जान अनुमति


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका घटनासम्बन्धी जाँचबुझ आयोगले राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडीलाई सात दिनका लागि काठमाडौँ उपत्यका बाहिर जान अनुमति दिने निर्णय गरेको छ।

आयोगको शुक्रबार बसेको बैठकले यो निर्णय गरेको हो। आयोगका अनुसार सचिव दुवाडी भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा गृह मन्त्रालयका सचिवको हैसियतले काम गरेका थिए।

उनी हाल मन्त्रिपरिषद्को निर्णयअनुसार आन्दोलनका क्रममा भएको सार्वजनिक र निजी सम्पत्तिको क्षति मूल्याङ्कन तथा पुनर्निर्माण योजना तयार गर्न गठित समितिका संयोजक छन्।

आयोगका सदस्य एवं प्रवक्ता विज्ञान राज शर्माका अनुसार दुवाडीले सातै प्रदेशमा स्थलगत भ्रमण गरी क्षतिको मूल्याङ्कन गर्नुपर्ने भएकाले उपत्यका छाड्न रोक लगाइएको निर्णयमा आंशिक फुकुवा गरिएको हो। अनौठो के छ भने जेन-जी आन्दोलन दबाउन भूमिका खेलेको आरोप लागेका उनै सचिव दुवाडीलाई क्षतिको विवरण संकलन गर्न आयोगले काठमाडौंबाहिर पठाउन लागेको हो ।

आयोगका निर्णय अनुसार, दुवाडीलाई अधिकतम सात दिनका लागि आयोगलाई जानकारी गराएर उपत्यका बाहिर जान अनुमति दिइएको छ। तर विदेश भ्रमणमा लगाइएको रोक भने यथावत् रहनेछ।

आयोगले सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सरकारी कार्यालय, उद्योग–व्यवसाय, राजनीतिक दल, शिक्षण संस्था र निजी सम्पत्तिमा भएको क्षतिको विवरण अझै नआएको भन्दै सम्बन्धित निकायलाई विवरण पठाउन आग्रह गरेको छ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ६ : ५० बजे

रवि, बालेन र कुलमानबीच भएको सहमतिमा के छ ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी

चीनले सन् २०२६ मा केही सामानको आयातमा करवृद्धि दर कम गर्ने

बेइजिङ – चीनले सन् २०२६ जनवरी १ देखि ९३५ वस्तुहरूमा

पुस २४ गतेभित्र उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते

निर्वाचन प्रणाली सुधार गर्न संविधान संशोधन जरुरीः अध्यक्ष यादव

जनकपुर – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता