बिजुली नकाट्न भन्दै उद्योगीले गुहारे प्रधानमन्त्री
बक्यौताको विषयलाई लिएर उद्योगमा बिजुली नकाट्न भन्दै दुई दर्जन बढी उद्योगीहरूले प्रधानमन्त्रीलाई गुहारेका छन् ।

डेडिकेटेड र ट्रंकलाईन बापतको अरबौँ रकम बक्यौता रहेका भनिएका उद्योगीहरूले नेपाल विद्युत् प्राधिकरणले दिएको अल्टिमेटमको समय सकिनै लाग्दा उद्योगीहरूलाई कानुनी संरक्षण गर्नुपर्ने माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन दिएका हुन् ।
उद्योगीहरू प्राधिकरणलाई नियमित बुझाउनुपर्ने महसुल बुझाउँदै आएको भन्दै लाल आयोगको सिफारिस बमोजिम प्रमाणका आधारमा बुझाउनुपर्ने रकम बुझाउन तयार रहेको प्रधानमन्त्रीलाई बुझाइएको पत्रमा उल्लेख छ ।
हुलास र अशोक स्टिलले तिर्न थाले डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसुल बक्यौता
जेन-जी आन्दोलन प्रभाव : ऋण प्रवाह कमजोर, मुद्दतीको ब्याजदर थप घट्यो
बिवाइडीले उत्पादन गर्यो एक करोड ४० लाख गाडी, ब्राजिलका राष्ट्रपति बने उक्त गाडीको मालिक
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी क्षेत्र नं ४ ‘ख’बाट निर्वाचित मधेस प्रदेशसभा सदस्य सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी कसुरमा आरोपपत्र दायर गरेको छ ।

निज सिंहले विभिन्न उपभोक्ता समिति गठन गरी उपभोक्ता समितिको खातामा जम्मा-दाखिला भएको रकम हिनामिना गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम कसूरजन्य कार्य गरेको भन्दै आयोगले निजविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
बजारलाई थप व्यवस्थित बनाउन अनुगमनलाई तीव्रता दिँदै कामपा
फूलखेतीबाट पाँच लाख बढी आम्दानी
अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट
पेट्रोलियम पदार्थबाट ११ अर्ब १८ करोड राजश्व सङ्कलन
वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ११ अर्ब १८ करोड सङ्कलन गरेको छ ।

कार्यालयले चालु आवको दुई महिनामा २६ अर्ब ३३ करोड खर्चिएर पाँच थरिका पेट्रोलियम पदार्थ आयात गरेको हो । आयातबाट प्राप्त कुल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम पदार्थको हिस्सा भने २८ दशमलव ५६ प्रतिशत रहेको छ ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार भन्सारको राजस्वमा पेट्रोलियम पदार्थ र सवारीसाधनको योगदान निकै उच्च रहेको जानकारी दिए । ‘यहाँको भन्सार आयातमा निर्भर रहेको छ । जसमा पनि पेट्रोलियम पदार्थ र सवारीसाधनको हिस्सा भने महत्त्वपूर्ण छ । यस्तै, यातायातका साधन र तिनका पार्टपुर्जा आयातबाट भने छ अर्ब १४ करोड अर्थात् १५ दशमलव ६८ प्रतिशत रहेको छ ।
विद्यालय भवन निर्माणको ठेक्का नै नलगाई भ्रष्टाचार, तीन व्यक्ति र एक कम्पनीविरुद्ध मुद्दा
ललितपुर महानगरले बनाउने भयो साइकल गुडाउने आकाशे पुल
जेन-जी आन्दोलनको ‘साइड इफेक्ट’ : कोशी सरकारको बजेट २५ प्रतिशतले कटौती
कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ।
कोशी प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २५ प्रतिशत बजेट कटौती गर्ने निर्णय गरेको हो।

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले २५ प्रतिशत बजेट कार्यान्वयनमा नल्याउने गरी रोक्का गर्ने निर्णय गरिएको बताए ।
गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको बेला भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त कार्यालयको पुननिर्माण र केही दिनअघि आएको बाढी पहिरोले भएको क्षतिको पुनर्निर्माणमा खर्च गर्न बजेट कटौती गरिएको मन्त्री भण्डारीले बताए ।
नेपाल टेलिकमले ल्यायो जीएसएम पोस्टपेडमा सजिलो अनलिमिटेड प्याकेज, भोलिदेखि लागु हुने
झापा बाढीले पाँच करोडको धान नष्ट
फजुल खर्च रोक्दै दोलखाका सहकारी !
जिल्लाका सहकारी संस्थाहरू यतिबेला वार्षिक साधारणसभा कार्यक्रम सकाउन केन्द्रित छन् ।दोलखामा विभिन्न प्रकारका ४ सय हाराहारीमा सहकारी रहेका छन् ।

यी सहकारीले वार्षिक साधारणसभा कार्यक्रमको आयोजना गरिरहँदा गत वर्षको तुलना यसवर्ष सहकारीले गर्ने वार्षिक साधारणसभाका कार्यक्रम परिवर्तन देखिएको छ ।
अघिल्लो वर्षहरूका साधारणसभालाई खर्चिलो रूपमा तामझामका साथ गर्ने गरेका थिए । तर यस वर्ष राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको साधारणसभामा यातायात खर्च, सहभागी भत्ता, अतिथि सत्कार लगायतका फजुल खर्चमा पूर्ण रूपमा रोक्न दिएको निर्देशन अनुसार यहाँका सहकारीले पनि आफ्ना कार्यक्रमलाई सामान्य बनाएका हुन् ।
तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी
सुनको मूल्य तोलामा अढाई लाखबाट उकालो
सिँचाइका रुग्ण ठेक्का तोड्न सुरु : बबई आयोजनाका ६ वटा ठेक्का तोडिँदै
भेपमा सुन तस्करी प्रकरण : पक्राउ परे पूर्वसभामुख महरा
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले महरालाई भेपमा सुन लुकाएर ल्याएको प्रकरणमा सीआईबीले पक्राउ गरेको पुष्टि खबरहबसँग गरेका छन् ।
यसअघि बिहीबार मात्रै महराले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पुगेर बयान दिएका थिए ।
पोखरामा यसवर्ष धानको उत्पादन बढ्ने
बाढीले महोत्तरीको नौ वटा पालिकामा मात्रै दुई हजार हेक्टर धानबाली नष्ट
व्यापारिक केन्द्र बन्यो अपीको मकरीगाड
लगानीकर्ताले अगाडि सारेका सुझाव धितोपत्र बोर्डले प्रक्रियामा लैजाने
लगानीकर्ताले धितोपत्र बजार सम्बन्धी बोर्डमा पेश गरेको सुझाव तथा उडान गरेका विभिन्न विषय कार्यान्वयनको लागि अगाडि बढ्ने भएको छ ।

बोर्डले आइतबार लगानीकर्ताहरूको दबाबपछि सूचना जारी गर्दै सुझावका विषयलाई कार्यान्वयन गर्न बोर्ड प्रतिबद्ध रहेको उल्लेख गरेको हो ।
साथै, बोर्डले पुँजी बजार सुधार कार्यदलले पेश गरेको प्रतिवेदनअनुसार तीन महिनाको समयभित्र बोर्डले सम्पन्न गर्नुपर्ने क्रियाकलाप कार्यान्वयनको चरणमा गइसकेको जनाएको छ । त्यसका लागि समयसीमा सहितको कार्य योजना बनाइएको र सोही बमोजिम काम सम्पन्न गरिने समेत बोर्डले जनाएको छ ।
अर्थमन्त्रीको जिम्मेवारीमा आइसकेपछि रामेश्वर खनालले असोज ३ गते मन्त्रीस्तरीय निर्णय गरेर पुँजी बजार सुधार सुझाव कार्यदल गठन गरेका थिए । सो कार्यदलले असोज ९ गते नै प्रतिवेदन बुझाइसकेको छ ।
प्रतिक्रिया