देउवा बन्न नसकेका ओलीले जिद्दी गरेरै‌ टारे संकट « Khabarhub

देउवा बन्न नसकेका ओलीले जिद्दी गरेरै‌ टारे संकट

विद्याको सदस्यता नवीकरण नगर्ने ओलीको अडान कायमै



काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एघारौँ महाधिवेशन अगाडि पद छाड्न मानेनन् । बरु उनी केन्द्रीय कमिटी बैठकबाट थप बलियो भएको सन्देश दिँदै राजीनामा माग्ने नेताहरूलाई पार्टी अनुशासनमा रहन आग्रह गरे ।

बैठकमा नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवाजस्तै राजनीतिक निर्णय गरेर अगाडि बढ्न ओलीलाई सुझाव दिएका थिए । आफ्नो आत्मालोचना समेत नगरेका ओलीले पद छाड्नु त कता हो कता, राजीनामा माग्ने नेतालाई समेत मिडिया ट्रायल गरेको आरोप लगाए ।

भदौ २३ र २४ गते जेनजी आन्दोलनपछि घाइते भएका देउवाले भने केन्द्रीय कमिटी बैठक राखेर उपसभापति पूर्णबहादुर खड्कालाई कार्यकारी जिम्मेवारी दिइसकेका छन् ।

यति मात्रै होइन देउवा अबको महाधिवेशनमा समेत नउठ्ने बताइएको छ ।

बैठकमा पूर्वशिक्षामन्त्री विद्या भट्टराई लगायतले ओलीलाई देउवाले जस्तै राजनीतिक निर्णय गरेर अगाडि बढ्न आग्रह गरेका थिए । तर, यो आग्रहमा ओली टसमस भएका छैनन् ।

अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमा राजीनामा माग्दासमेत आफ्नो पद छोडेका छैनन् । उनले अरुलाई कार्यकारी जिम्मेवारी पनि दिएनन् ।

उनले बरु एघारौँ महाधिवेशनपछि आफू पुनः सशक्त रुपमा अध्यक्षको दाबेदार रहेको संकेत गरेका छन् ।

ओलीले राजीनामा माग्ने नेताहरूलाई एघारौँ महाधिवेशन फेस गर्न समेत चुनौती दिए ।

५० भन्दा बढीले मागेका थिए ओलीको राजीनामा

नेकपा एमालेका अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने प्रस्ताव र धारणा केन्द्रीय कमिटी बैठकमा ५० जना भन्दा बढी नेताले राखेका थिए ।

तर, ओलीले यी नेताहरूको आवाजलाई सामान्यकरण गरेका छन् । बरु उनले सामान्य आलोचना समेत नगरी केन्द्रीय कमिटी बैठक टुङ्ग्याएका छन् ।

एघारौँ महाधिवेशनअगाडि कुनै पनि हालतमा पद नछाड्ने ओलीले स्पष्ट सन्देश दिइरहेका बेला एघारौं महाधिवेशनपछि पनि उनी पुनः अध्यक्षमा दोहोरिने दाउ बनाइरहेका छन् । एमाले स्रोतका अनुसार उनले एघारौँ महाधिवेशनको माहोल बनाउनका लागि केही केन्द्रीय कमिटी बैठकमा केही युवाहरू समेत परिचालन गरेका थिए ।

ओलीको राजीनामा माग्ने नेताहरूले यही अवस्थामा एघारौँ महाधिवेशनसम्म जान नसकिने भन्दै मार्ग प्रशस्त गर्न आग्रह गरे ।

यति मात्र होइन, बैठकमा ओलीले महाधिवेशनसम्म अभिभावक बनेर पार्टी अगाडि बढाउनुपर्ने प्रस्ताव समेत राखिएको थियो ।

तर, यी कुनै पनि प्रस्ताव तत्काललाई ओलीले मानेका छैनन् । बरु उनले कुनै पनि रूपमा आफ्नो गल्ती नै नभएको जिकिर गरिरहेका छन् ।

विद्या भण्डारीको सदस्यता नवीकरण विषयमा पनि ओलीको अडान कायमै

अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्ने विषयमा पनि पुरानै अडान कायम राखेका छन् । भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने पक्षमा ५५ जनाभन्दा बढी नेताले बोलेका थिए ।

तर, ती सबै नेताहरूलाई अन्तिममा जवाफ फर्काउने क्रममा ओलीले भनेका छन् । ‘कोही पनि माइती बन्नु पर्दैन । मैले उहाँलाई अप्ठ्यारो बेलामा साथ दिएको । उहाँलाई म राम्रोसँग चिन्छु ।’

ओलीले भण्डारीलाई अप्ठ्यारो बेलामा सहयोग गरेको बताउँदै उनको सदस्यता नवीकरण नहुने संकेत दिए ।

नेताहरूले ओलीलाई एघारौँ महाधिवेशनमा उठ्दिनँ भन्ने बनाउन सकेनन

एमाले अध्यक्ष ओलीलाई आगामी एघारौँ महाधिवेशनमा अध्यक्ष पदमा नउठ्ने निर्णय गराउन पनि एमाले नेताहरूले सकेका छैनन् ।

बैठकमा एमाले सचिव योगेश भट्टराई, सुरेन्द्र पाण्डे लगायतका नेताहरूले यो प्रस्ताव गरेका थिए । तर, ओलीले आफ्नो नैतिक अधिकार रहेको भन्दै यस विषयमा कुनै पनि निर्णय गरेका छैनन् ।

बैठकमा पार्टीका पूर्वउपाध्यक्ष भीम रावललाई पनि पार्टीमा फर्काउनुपर्ने आवाज उठेको थियो । तर, यस विषयमा पनि ओलीले बोलेका छैनन् । बरु नेकपा एकीकृत समाजवादीमा रहेका केही नेताहरूलाई भने एमाले फर्काउने योजनामा उनी रहेको बताइएको छ ।

‘हामीले उहाँलाई पुनः एघारौं महाधिवेशनपछाडि नेतृत्वमा आउँदिनँ भन्ने औपचारिक अडान राख्न आग्रह गरेका थियौँ । तर, उहाँ तयार हुनुभएन ।’ एमाले उपाध्यक्ष पाण्डेले खबरहबलाई भने, ‘म महाधिवेशनमा युवा तथा सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई के आग्रह गर्न चाहन्छु भने अब पार्टी यो हालतमा चल्दैन । यहाँले वैचारिक र प्रगतिशील निर्णय गरेर देखाउनुपर्छ ।’

एघारौँ महाधिवेशनमा ओलीलाई छेक्ने तयारी नेताहरू

पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे,सचिवद्वरी गोकर्ण विष्ट, योगेश भट्टराई, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका नेताहरू ओलीलाई एघारौँ महाधिवेशनमा छेक्ने तयारीमा छन् ।

यस्तै पार्टीका केही वैचारिक र युवा नेताहरू पनि एघारौँ महाधिवेशनपछाडि ओलीलाई पुनः नेतृत्वमा नदोहो¥याउने योजनामा छन् ।

सचिव भट्टराई लगायतका नेताहरूले त ओलीलाई एघारौं महाधिवेशनमा नदोहोरिनका लागि वाचा गर्नुपर्ने प्रस्ताव नै अगाडि सारेका थिए । तर, ती सबै प्रस्तावलाई ओलीले सामान्यकरण गरेका छन् ।

‘हामीले पहिलेदेखि नै पटकपटक भनेको हो, उहाँले एघारौं महाधिवेशनअगाडि नै पद छोडेर अभिभावकत्व ग्रहण गर्नुपर्छ भनेर । तर, उहाँ त्यो बाटोमा जानु भएन’ एमालेका एक सचिवालय सदस्यले खबरहबलाई भने, ‘हामी एघारौँ महाधिवेशन पछाडि उहाँलाई कुनै पनि हालतमा नेतृत्वमा उभ्याउने तयारीमा छैनौँ । उहाँलाई छेक्ने योजना छ ।’

अनि गुन्जियो आई लभ यू केपी बा

ओली पक्षका केही युवाले अध्यक्ष ओलीले पदबाट राजीनामा नदिएपछी बैठकस्थलमै ‘आई लभ यू केपी बा’ को नारा लगाएका छन् ।

ओलीले पदबाट राजीनामा दिनुपर्ने तीव्र दबाब पार गर्दै पुरानै अडानमा पुगेपछि उनीहरू हौसिएका हुन् ।

बैठकस्थलमा ओली समर्थक नेताहरूले ‘केपी ओली जिन्दावाद’, ‘केपी ओली आई लभ यू’ जस्ता नाराहरू लगाएर ओलीलाई हौस्याएका थिए ।

ओलीको हौस्याई र उनको जवाफ देख्दा उनी पुनः एघारौं महाधिवेशन पछाडि नेतृत्वमा फर्कने योजनामा छन् ।

तर, एमालेका महाधिवेशन प्रतिनिधिहरूले वैचारिक रुपमा निर्णय गरेर विद्रोह गर्न सक्छन् या सक्दैनन् त्यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ८ : २२ बजे

मर्मतपछि एमालेको केन्द्रीय कार्यालयबाट नियमित काम सुरु

काठमाडौँ- नेकपा (एमाले) ले पुरानै ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयबाट पार्टीको

पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला

कास्की – पोखरामा यही बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना

कमला नदीमा अस्थायी ‘डाइभर्सन’ बनाइँदै

सिरहा – हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा

जेनजी आन्दोलनमा लुटिएका हतियारसहित तीनजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारसहित तीनजनालाई

सरकारले खारेज गरेको भूमि आयोग यथास्थितिमा राख्न सर्वोच्चको आदेश

काठमाडौँ- सरकारले खारेज गरेको भूमि समस्या समाधान आयोग सर्वोच्च अदालतले