जनकपुरमा गोली चल्यो « Khabarhub

जनकपुरमा गोली चल्यो


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

धनुषा – जनकुपरमा गोली चलेको छ । जनकपुर उपमहानगरपालिका–७ स्थित सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ प्रहरीले सुनचाँदी पसलमा छापा मार्ने क्रममा हवाई फायर भएको छ।

बिलबिजकबिना सुनचाँदी खरिद–बिक्री भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट गएको टोलीले सो क्षेत्रका केही पसलमा छापा मारेको थियो। तर प्रहरीलाई स्थानीय व्यवसायीहरूले अवरोध गरेपछि परिस्थिती नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको प्रहरीका डीएसपी गणेश बमले जानकारी दिए।

उनका अनुसार अवैध रूपमा सञ्चालित सुनचाँदी कारोबारको निगरानी गर्ने क्रममा व्यापारीहरूले प्रहरीमाथि घेरा हालेर अवरोधपछि सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि गोली चलाएका थिए।

घटनापछि प्रहरीले केही पसलबाट चाँदी बरामद गरेको र थप अनुसन्धान भइरहेको जनाएको छ। यद्यपि, कति राउन्ड गोली चलाइएको हो भन्ने विषयमा विस्तृत विवरण अझै सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ९ : १७ बजे

कुलमानसँग एकता सहमति, बालेनपछि उज्यालो नेपाल पनि रास्वपामा समाहित हुँदै

काठमाडौं- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी पनि रवि लामिछाने

पर्यटक र सर्वसाधारणलाई दुःख हैरानी दिएको आरोपमा १२ जना पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिकाअन्तर्गत चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा पर्यटक तथा

प्रचण्ड नेतृत्वको नेकपा र रञ्जिताको नागरिक उन्मुक्तिबीच एकीकरण

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी र रञ्जिता

हामी निर्वाचनमा जान तयार छौँ तर सरकार असक्षम छ :  उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार