पोखरा विश्वविद्यालयबाट पहिलोपटक एआइ विषयमा स्तानक कार्यक्रम सञ्चालन | Khabarhub Khabarhub

पोखरा विश्वविद्यालयबाट पहिलोपटक एआइ विषयमा स्तानक कार्यक्रम सञ्चालन


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पोखरा विश्वविद्यालयले पहिलोपटक आङ्गिक क्याम्पसबाट कृत्रिम बौद्धिकता र तथ्याङ्क विज्ञान विषयमा स्तानक तहको कार्यक्रम (बिएआइडिएस) सुरु गरेको छ ।

सो विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा काठमाडौँ उपत्यकामा सञ्चालित ललितपुरको च्यासलस्थित श्रमिक शान्ति क्याम्पसले यस शैक्षिक सत्रबाट उक्त विषयमा भर्ना खोलेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

विश्वविद्यालयका विज्ञान तथा प्रविधि सङ्कायका डीन सह प्रा बुद्धिराज जोशीले बजारकोे आवश्यकता र समयको मागलाई सम्बोधन गर्दै एआई विषयमा अध्यापन गराउने निर्णय भएको जानकारी दिए ।

विश्वविद्यालयको अन्तरराष्ट्रिय सम्बन्धन केन्द्रका कार्यकारी निर्देशक सह प्रा डा दीपाञ्जल श्रेष्ठले एआईका क्षेत्रमा बजारमा आवश्यकभन्दा न्यून जनशक्ति रहेको अवस्थामा विश्वविद्यालयले आङ्गिक क्याम्पसबाट यो कार्यक्रम सुरु गरेको बताए । विगतमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेको श्रमिक शान्ति कलेजको शैक्षिक व्यवस्थापन अबदेखि पोखरा विश्वविद्यालयले गर्ने भएको हो ।

कलेजले कम्प्युटर विज्ञान र सूचना प्रविधि विषयमा स्नातक (बिसिएसआइटी) र मानविकी सङ्कायमा कानुनको स्नातक (बिएआइएलबी) पनि सुरु गरेको छ । यी कार्यक्रममा प्रतिकोर्स रु चार लाख ३० हजारदेखि रु चार लाख ९२ हजारसम्म शुल्क निर्धारण गरिएको र २० प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिमा पढाइने विश्वविद्यालयका मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन डा सुरेन्द्र तिवारीले बताए ।

विश्वविद्यालयका उपप्रशाक सानु घलेका अनुसार विश्वविद्यालयमा पाँच आङ्गिक क्याम्पस, तीन संयुक्त आङ्गिक क्याम्पस र ५८ सम्बन्धन प्राप्त क्याम्पसमा गरी करिब ४० हजार विद्यार्थी रहेका छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ९ : ४२ बजे

काठमाडौं उपत्यकाका पाँच क्षेत्रमा भेला र प्रदर्शन गर्न निषेध

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यकाका विभिन्न पाँच क्षेत्रमा

तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटीकाको दिन

आज देशभरको मौसम सफा रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

तिहार : यम पञ्चक आजदेखि सुरु

काठमाडौं – उज्यालोको पर्वका रूपमा लिइने चाड तिहारको यमपञ्चक आजदेखि

आजको लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय