काठमाडौं – विश्वकप छनोटमा नर्वेले इटालीलाई हराएको छ। गएराति भएको खेलमा नर्वेले इटालीलाई ४–१ ले हराएको हो।
खेलको ११ औं मिनेटमा अग्रता लिएको इटालीले जित जोगाउन नसक्दा हार व्यहोरेको हो।
खेलको ११ औं मिनेटमै इटालीका फ्रान्सेस्को पियो एस्पोसिटोले गोल गरेका थिए । पहिलो हाफमा १ गोलमै सीमित खेलको दोस्रो हाफामा नर्वेले गोलको वर्षा गरेको हो ।
उसका लागि एन्टोनियो नुसाले ६३ औं मिनेटमा, अर्लिङ हल्याण्डले ७८ र ७९ औं मिनेटमा तथा स्ट्रान्ड लार्सेनले अतिरिक्त समयमा गोल गरेका हुन् ।
नर्वेले इटालीमाथि विजय हासिल गर्दै २८ वर्षमा पहिलो पटक विश्वकपमा पुनरागमनलाई बलियो बनाएको छ।
इटालीले भने विश्वकपमा छनोट हुन प्लेअफ खेल्नुपर्नेछ ।













प्रतिक्रिया