अर्थसंक्षेप : एकसाथ तोडियो २५ सडक निर्माणका ठेक्का, छाप्न थालेको दुई हप्तामा पनि आएन लाइसेन्स, राष्ट्र बैङ्कले सरकारलाई ४२ अर्ब दिने र ९ अंकले बढ्यो नेप्से | Khabarhub Khabarhub

अर्थसंक्षेप : एकसाथ तोडियो २५ सडक निर्माणका ठेक्का, छाप्न थालेको दुई हप्तामा पनि आएन लाइसेन्स, राष्ट्र बैङ्कले सरकारलाई ४२ अर्ब दिने र ९ अंकले बढ्यो नेप्से


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

छाप्न थालेको दुई हप्तामा पनि सेवाग्राहीले पाएनन् लाइसेन्स, विदेश जानेहरु मर्कामा

जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको यातायात व्यवस्था विभागले डेढ महिनापछि अस्थाइ रुपमा सर्भर खडा गरी कार्तिक १६ गतेबाट सेवा सुरु गरेको थियो । आंशिक रुपामा सेवा दिने बताउँदै विभागले पहिलो चरणमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण तथा नयाँ आवेदकका लागि सेवा खुला गरेको हो ।

लाइसेन्स छपाइका लागि भने विभाग र सुरक्षण मुद्रण केन्द्रबीच कार्तिक १२ गते सम्झौता भएको थियो । जसअनुसार केन्द्रले ६ महिनाभित्र १२ लाख थान लाइसेन्स विभागलाई उपलब्ध गराउनुपर्नेछ । सम्झौताअनुरुप १६ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पनौतीस्थित केन्द्रमा रहेको मेसिनको बटन थिच्दै छपाइ सुरु गरेको सन्देश दिए ।

पहिलो चरणमा विभागले भदौ २३ र २४ गतेको आन्दोलनका कारण रोकिएका अत्यावश्यकतर्फका ५ सय थान लाइसेन्स छाप्नका लागि केन्द्रलाई तथ्याङ्क पठाएको थियो । तर छपाइ सुरु भएको चौध दिनसम्म पनि छापिइसकेका ती लाइसेन्स विभाग र आवेदकको हात लागेको छैन । जसकारण वैदेशिक रोजगारी, विदेश अध्ययन र अत्यावश्यक सेवाका लागि आवेदन दिएका सेवाग्राही मारमा परेका छन ।

‘हामीले केन्द्रले छाप्ने लाइसेन्सको नमूना हेरेपछि तथ्याङ्क दिएअनुरुप पाँचसय प्रति लाइसेन्स छापिइसकेका छन् । सम्भवत् छापिएका लाइसेन्स आज केन्द्रले पठाउनेछ भन्ने बुझेका छौं । तर, विभागमा आइनपुगेसम्म ढुक्कसँग भन्न सकिँदैन । विभाग भने हिजोसम्म सङ्कलन भएका ११ सय र आज थपिने अन्य आवेदकको तथ्याङ्क केन्द्रमा छपाइका लागि पठाउने तयारीमा छ,’ सूचना तथा प्रविधि निर्देशक केशव खतिवडाले भने ।

सीजी डीजिटलको बुटवलमा २१ शोरूम उद्घाटन

दुई महिनामा सात अर्ब ३६ करोडको मालवस्तु आयात

वाणिज्य विभागबाट मापदण्ड निर्धारणका लागि सुझाव माग

राष्ट्र बैङ्कले सरकारलाई ४२ अर्ब रुपैयाँ उपलब्ध गराउने

नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व २६ खर्ब २३ करोड ९५ लाख ४० हजार रुपैयाँ बराबर पुगेको छ ।

आर्थिक वर्ष २०८१–०८२ को प्रतिवेदनअनुसार, २०८२ असार मसान्तको वित्तीय स्थितिमा २९ दशमलव २३ प्रतिशतले वृद्धि भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार विभिन्न कोषमा आवश्यक रकम विनियोजन गरी बाँकी ४२ अर्ब रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

९ अंकले बढ्यो नेप्से, ७६ वटा कम्पनीको सेयर मूल्य भने घट्यो

शिवम् सिमेन्ट्सको लाभांश घोषणा

तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

जेन-जी ‘विद्रोह’को गम्भीर प्रभाव : वैदेशिक लगानी प्रतिबद्धता दोब्बर-तेब्बरले घट्यो

नेपाली अर्थतन्त्रमा जेन-जी ‘विद्रोह’को गम्भीर र नकारात्मक प्रभाव पर्न थालेको देखिएको छ । जेन-जी ‘विद्रोह’को नकारात्मक प्रभाव नेपालमा आउने वैदेशिक लगानीको क्षेत्रमा पर्न पुगेको देखिएको हो ।

भदौ २३ र २४ गते भएको जेन-जी ‘विद्रोह’ पछिको दुई महिना नेपालको औद्योगिक क्षेत्रमा आउने वैदेशिक लगानी प्रतिबद्धता दोब्बर-तेब्बरले घट्दै गएको देखिएको हो ।

उद्योग विभागले प्रकाशन गरेको तथ्याङ्कले कात्तिक महिनामा नेपालमा वैदेशिक प्रतिबद्धता खुम्चिएर जम्मा १ अर्ब ५४ करोड ३९ लाख रुपैयाँमा सीमित भएको देखाएको छ । यस्तो लगानी प्रतिबद्धता असोज महिनामा २ अर्ब ४ करोड ५७ लाख ३२ हजार रुपैयाँ बराबर रहेको थियो ।

लुम्बिनी लायन्ससँग जोडियो नेपाटप

लक्ष्मी सनराइज बैंकले १० प्रतिशत बोनस दिने

राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदाता सम्मानित

सडक निर्माणका २५ ठेक्का एकसाथ तोडियो

सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्न सुरु गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको अग्रसरतामा सडक डिभिजन कार्यालय काठमाडौंले सोमबार २५ रुग्ण ठेक्का तोड्ने सूचना जारी गरेको छ । ठेक्का तोडिएका आयोजना आर्थिक वर्ष २०६७/६८ देखि २०७९/८०मा सम्झौता भएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए। त्यसपछि सडक विभाग मातहतका कार्यालय रुग्ण ठेक्का तोड्नका लागि प्रक्रिया अगाडि बढाइएका थिए ।

सडक उपभोग दस्तुर संकलन पुनः सुरु

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ६ : ५६ बजे

थाईल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिनलाई ५० करोड डलर कर तिर्न अदालतको आदेश

बैङ्कक – थाइल्यान्डको सर्वोच्च अदालतले सोमबार जेलमा रहेका पूर्व प्रधानमन्त्री

औद्योगिक ग्रामको काम अघि बढेन

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–१६ स्थित ग्वारखोला किनारमा निर्माण गर्ने

प्रतिनिधिसभा निर्वाचन : दर्ताका लागि पहिलो दिनमै १२ निवेदन

काठमाडौं- प्रतिनिधिसभाको निर्वाचनका लागि सोमबार १२ वटा दलले दर्ताको निवेदन

निर्वाचनमा विद्यालय र बालबालिकाको प्रयोग नगर्न आग्रह

काठमाडौं – बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले आगामी निर्वाचनमा विद्यालय

चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा निर्वाचित

काठमाडौँ– नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा विजयी भएका