शीर्ष क्रममा नचल्दा हार व्यहोर्‍यौँ: जनकपुरका कप्तान साह « Khabarhub

शीर्ष क्रममा नचल्दा हार व्यहोर्‍यौँ: जनकपुरका कप्तान साह


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनकपुर बोल्ट्सका कप्तान अनिल साहले शीर्ष क्रमका ब्याटरले ओपनर आसिफ शेखलाई साथ दिन नसक्दा हार बेहोर्नु परेको बताएका छन्।

उद्घाटन खेलमा सोमबार (मंसिर १) काठमान्डू गोखार्जसँगको हारबाट जनकपुरले नेपाल प्रिमियर लिगको दोस्रो संस्करण सुरुआत गरेको छ। उक्त हारपछि कप्तान साहले शीर्ष क्रमका ब्याटरबाट राम्रो साथ नहुँदा हार व्यहोरेको बताएका हुन्। राम्रो साझेदारी गर्न नसक्दा ब्याटिङ दबाब भएको उनले उल्लेख गरे।

सुरुआत राम्रो हुन नसक्दा १६० रन बनाउने लक्ष्य पूरा नभएको उनको भनाइ थियो। आफूहरूले दिएको लक्ष्य धेरै न्यून रहेको पनि उनले उल्लेख गरे। निरन्तर विकेट गइरहँदा पनि साझेदारी बन्न नसक्नु खराब पक्ष रहेको उनको भनाइ छ। पिचले स्पिनरलाई केही मद्दत गरेको कप्तान अनिलले बताए।

डिफेन्डिङ च्याम्पियन भएकाले आफूहरूमा कुनै दबाब नरहेको उनले स्पष्ट पारेका छन्। यद्यपि, उपाधि रक्षा गर्ने तरिकाले बाँकी खेल खेल्ने उनी बताउँछन्। दोस्रो खेलका लागि पनि समय रहेकाले सुधार हुने उनको अपेक्षा छ। पहिलोपल्ट फ्लड लाइटमा क्रिकेट खेल्न पाउँदा धेरै खुसी लागेको उनले उल्लेख गरे।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १० : २७ बजे

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको

एमाले स्थायी कमिटीको बैठक सम्पन्न, १३ जना केन्द्रीय कमिटी सदस्य थपिए

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ– जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा