चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा निर्वाचित « Khabarhub

चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा निर्वाचित


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा विजयी भएका छन्। उनले १५३ मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाजित भएका हुन्।

संघको सोमबार भएको १९औं साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो। अध्यक्षका अर्का उम्मेदवार सुनील कुमार थापाले भने १२६ मत पाएका थिए।

निवर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका सुब्बा यसअघि एक पटक वरिष्ठ उपाध्यक्ष र तीन पटक उपाध्यक्ष भइसकेका छन्।

महासचिवमा खगेन्द्र लामिछाने निर्वाचित भएका छन्। उनले १५२ मत पाउदै जित हासिल गरे। प्रतिस्पर्धी किरण नेपालीले १२५ मत प्राप्त गरे।

सचिवमा युवराज गिरी १५९ मतसहित विजयी हुँदा उपाध्यक्ष पदमा रौनकविक्रम कँडेल र ज्योतिराज राई निर्विरोध चुनिए। कोषाध्यक्षमा रामप्रसाद रिजाल पनि निर्विरोध निर्वाचित भएका छन्।

नौ जनाको सदस्य पदका लागि ७ जनाले मात्र आवेदन दिएकाले सबैजना सर्वसम्मत भएका हुन्। चुम्बनजंग शाही, टंकबहादुर बुढाथोकी, श्रीधर पौडेल, मनोजकुमार अधिकारी, प्रवीण कार्की, घनेन्द्र थपलिया र राजकुमार पण्डित सदस्य बने।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १० : ३७ बजे

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको

एमाले स्थायी कमिटीको बैठक सम्पन्न, १३ जना केन्द्रीय कमिटी सदस्य थपिए

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ– जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा