थाईल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिनलाई ५० करोड डलर कर तिर्न अदालतको आदेश « Khabarhub

थाईल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिनलाई ५० करोड डलर कर तिर्न अदालतको आदेश


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

बैङ्कक – थाइल्यान्डको सर्वोच्च अदालतले सोमबार जेलमा रहेका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई आफ्नो टेलिकम कम्पनीको बिक्रीमा कर फिर्ता गर्न आदेश दिएको छ।

सन् २००६ मा थाक्सिनको कम्पनी शिन कर्पको सेयरको करमुक्त बिक्रीलाई लिएर विवादमा फसेपछि उनीमाथि भ्रष्टाचारको आरोप लागेको थियो । त्यसपछि उनलाई सेनाले ‘कु’ गरी प्रधानमन्त्रीबाट हटाएको थियो भने त्यसपछिको एक दशकभन्दा बढी उनी निर्वासनमा रहेका थिए ।

थाइल्यान्डका सबैभन्दा धनी व्यक्तिमध्येका एक ७६ वर्षीय राजनीतिज्ञ हाल आफ्नो कार्यकालमा लागेको भ्रष्टाचारको आरोपमा बैङ्ककमा जेल सजाय भोगिरहेका छन्। सोमबार सर्वोच्च अदालतले कर मुद्दामा पुनरावेदन अदालतको फैसलालाई खारेज गर्दै राजस्व विभागको आदेश पालना गर्न थाक्सिनलाई बाध्य पारेको अदालतका प्रवक्ता सुरियान होङभिलाईले एएफपीलाई बताए ।

सुरियनले तिर्नु पर्ने निश्चित रकम र फैसलाको लागि अदालतको तर्कबारे भने केही उल्लेख गरेनन् । थाई सञ्चारमाध्यमका अनुसार अदालतले थाक्सिनलाई १७.६ अर्ब भाट अर्थात् झण्डै ५४ करोड अमेरिकी डलर कर दायित्व र जरिवानाको रूपमा तिर्न आदेश दिएको छ।

कर अधिकारीहरूले सन् २०१७ मा पूर्व प्रधानमन्त्रीलाई ५० करोड डलरको बिल दिएका थिए। यो मुद्दाले देशको लोकप्रियतावादी राजनीतिज्ञ र सैन्य प्रतिष्ठानबीचको राजनीतिक मतभेदको केन्द्रमा रहेको विवादलाई पुनरुत्थान गरेको थियो।

यो विवाद थाक्सिनले सन् २००६ मा शिन कर्पलाई सिङ्गापुरको टेमासेक होल्डिङ्सलाई बिक्री गर्दा कर तिर्नुपथ्र्यो कि पर्दैनथ्यो भन्ने विषयमा केन्द्रित थियो। सिनावात्रा परिवारलाई १।९ अर्ब डलरको अप्रत्याशित लाभ दिने सम्झौताको विरोधमा उहाँको सरकारको विरोध उहाँको राजनीतिक जीवनका लागि ‘फलामको चिउरा’ बनेको थियो।

विरोध प्रदर्शनले उनलाई पदबाट हटायो र उनका समर्थक र विपक्षीहरूबीच वर्षौंसम्म कमजोर राजनीतिक कलहको बिजारोपण भयो। सिनावात्रा वंश दुई दशकदेखि थाइल्यान्डको सैन्य समर्थक, राजपरिवार समर्थक अभिजात वर्गको प्रमुख शत्रु हो, जसले आफ्नो लोकप्रियतावादी राजनीतिलाई परम्परागत सामाजिक व्यवस्थाको लागि खतराको रूपमा हेर्छन्।

गत अगस्टमा थाक्सिनकी छोरी पेतोङटार्नलाई नैतिकता उल्लङ्घन गरेको भन्दै प्रधानमन्त्रीबाट हटाउने आदेशसहित कानुनी र राजनीतिक असफलताको सामना सिनावात्रा वंशले गर्नुपरेको छ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १० : ५० बजे

सवारी दुर्घटनामा एक युवकको मृत्यु, तीन जना घाइते

सर्लाही– पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरमा सवारी दुर्घटना हुँदा एक युवकको

एपोलो हाइड्रोपावरलाई साधारण शेयर बिक्रीका लागि अनुमति

काठमाडौं– नेपाल धितोपत्र बोर्डले एपोलो हाइड्रोपावर कम्पनी लिमिटेडलाई साधारण शेयर

मुस्ताङमा ३९ मतदान केन्द्र कायम, चुनावमा हिमपातको डर

मुस्ताङ– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा

आज अन्तर्राष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै

काठमाडौं– संवाद र सहअस्तित्वप्रति प्रतिबद्धताका साथ आज विश्वका विभिन्न मुलुकमा

भोजपुरमा दुई हजार दुई सय अस्थायी मतदाता

भोजपुर– जिल्ला निर्वाचन कार्यालय भोजपुरले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान